7 Mangshir, 2074 | 23 November, 2017 Thursday
तीतोपाटी डट कम - कुवेतको फर्वानिया अस्पतालमा उपचारको क्रममा गत शुक्रबार निधन भएकी शिव सताक्षी नगरपालिका झापाकी २९ वर्षिया बहा मुर्मुको शव गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको पहलमा आज नेपाल पुगेको छ । 

परिषदका महिला प्रतिनिधी सुस्मिता लिम्बूले मृतक मुर्मुको शव नेपाल पठाउन ३ सय ५० केडी (करिब १ लाख २० हजार रुपैयाँ)  नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनलाई गत आईतबार  हस्तान्तरण गरेकी थिईन्। मुर्मुको शव उनको छोरा रुबिलाल मुर्मुले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुझेको जानकारी दिएका छन् । 

करिब एक महिना अगाडी अशक्त हालतमा दूतावास पुगेकी मृतक बहा मुर्मुलाई दूतावासले सेल्टरमा पठाएपछी उपचारको लागी फर्वानिया अस्पताल पुर्याई उपचाररत रहेकी थिईन् । उनको सकुशल नेपाल फिर्तिको लागी एनअारएनए कुवेतले महिला प्रतिनिधी सुस्मिता लिम्बुको संयोजकत्वमा सहयोग अभियान संचालन गरेको थियो ।

करिब ४ वर्ष अघि घरेलु कामदारको रुपमा कुवेत आएकी बहा मुर्मु गैर कानूनी रुपमा वसोवास गरीरहेकी र परिवारबाट समेत सम्पर्क बिहिन थिईन् । खाना पटक्कै नखाने र शरीर सुकेको थियो । 

५१ हजार रुपैयाँ काजक्रिया खर्च पनि आजै 
एनअारएनए कुवेतले अभियानबाट उठेको रकमबाट बहा मुर्मुको शव पठाएर बचेको रकममा आफ्नो राहतकोषबाट थप गरी ५१ हजार रुपैयाँ पनि काजक्रिया खर्चको लागी आजै आजै मृतकका छोरा रुबिलाल मुर्मुको नाममा पठाएको छ । 

पहिले गोरो मान्छे चिन्नै नसकिने गरी कालो भएकी र अशक्त अवस्थाकी मुर्मुको सकुशल नेपाल फिर्तिको लागी गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले महिला संयोजक सुस्मिता लिम्बूको संयोजकत्वमा लाग्ने सम्पूर्ण खर्चको लागी अभियान संचालन गरी पहल गरिरहेको थियो । अभियान संचालन गरेको भएपनि मुर्मुको बिचमै निधन भएको कारण अभियानलाई रोक्ने निर्णय गर्दै र उठेको रकम उनको शव नेपाल पठाउन र काजक्रियाको लागी सहयोग गर्ने निर्णयमा बमोजिम उक्त सहयोग पठाएको हो ।

सहयोगीहरुको नामावली यसप्रकार छ : 
सुनिता ताम्राकारको मध्यमबाट
१. सुस्मिता लिम्बु – १०.०००
२. अम्रिता वान्तवा – १०.०००
३. मुस्तफा – १०.०००
४. अनु राई – १०.०००
५. मिलन मगर – १०.०००
६. गिता गुरुङ – १०.०००
७. पिङकी मगर – १०.०००
८. रन्जु – १०.०००
९. रेशम कामी – १०.०००
१०. अक्कल माया सुनुवार – १०.०००
११. कुमारी सुनुवार – १०.०००
१२. जेनिसा – १०.०००
१३. सहिदा – ५.०००
१४. परशुराम – ५.०००
१५. सुनिता ताम्राकार – २०.०००

कोशराज राईको माध्यमबाट
१६. दिलकुमार परियार – ५.०००
१७. सपना राई – २.०००
१८. सुमि गुरुङ – २.०००
१९. बिजय लिम्बु – ५.०००
२०. युबराज लिम्बु – ५.०००
२१. मान बहादुर – १.०००
२२. खर्क नाराण – १.०००
२३. लेस नाराण – १.०००

हरि लावतीको माध्यमबाट
२४. हरि लावती – ५.०००
२५. गिता लिम्बु – २.०००

सुमित्रा देबि पौडेलको माध्यमबाट
२७. सुन्दर गिरी – ५.०००
२८. कमला लामा – ५.०००
२९. रामजी गुरुङ – १०.०००
३०. धन कुमारी – ५.०००
३१. शिब कुमार – १०.०००
३२. लक्ष्मी – ५.०००
३३. रमिता तामाङ – ११.०००
३४. बलिलान तामाङ – ५.०००
३५. कल्पना राई – ६.०००
३६. गिता गुरुङ – ११.०००
३७. सुमित्रा देबी पौडेल – ११.०००
३८. रुपा ज्ञवाली – ५.०००
३९. सुमित्रा राई – ३.०००
४०. राधेश्याम श्रेष्ठ – १०.०००
४१. सहिद (हिन्दी) – २.०००
४२. सोवाद (इथोपिया) – १.०००
श्याम लामाको माध्यमबाट
४३. श्याम कु. लामा – १०.०००
४४. लाल ठकुरी – ५.०००
४५. राम कुमार थापा – ११.०००
४६. ओम प्रसाद आश्चार्य – ५.०००
४७. निना परियार – ५.०००
४८. डेन्डी सेर्पा – ५.०००

अमृत गुरुङको माध्यमबाट
४९. पुस्प बहादुर पुर्वछाने मगर – ५.०००
५०. बम बहादुर पुलामी मगर – ५.०००
५१. जयसरा राई – १०.०००
५२. दावा तामाङ – ५.०००
५३. पासाङ तामाङ – ५.०००
५४. कादर (हिन्दी) – १.०००
५५. कमला विष्ट – १०.०००
५६. अब्दुल सतार – ५.०००

उमेश पुडासैनीको माध्यमबाट
५७. उमेश पुडासैनी (अटो मेक कम्पनी) – २४.०००

कृष्णबहादुर कार्कीको माध्यमबाट
५८. बिनोद खड्का – १०.५००
५९. कृष्णबहादुर कार्की – १०.५००