4 Mangshir, 2074 | 20 November, 2017 Monday

तीतोपाटी डट कम - फरवानिया अस्पतालमा उपचार गराइरहेका मानसिक रोगका विरामी महेन्द्र हरिजन छिट्टै नेपाल फर्किने भएका छन् ।

 

लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालको प्रयासमा उनी स्वदेश फर्कन लागेका हुन । उनको घर फिर्तिको लागि लाग्ने खर्चको व्यबस्था गरि नेपाली राजदूतावास कुवेतसँग समन्वय गरि प्रकृया अघि बढि सकेको समाजका अध्यक्ष हमालले तीतोपाटी डट कम लार्इ बताएका छन् । दुःख पीडामा परेकाहरूलार्इ उद्दार गर्न भने पछि हुरूक्कै हुने हमाल कुवेतको नेपाली समाजका लागि एक उज्याल नक्षत्र हुन । प्रवासी जीवनमा डिउटी समेत राम्रोसँग पुरा नगर्ने कामादार भएको कुवेतमा अाफ्नो डिउटी सकेर समाज सेवाका लागि ज्यान फालेर लाग्ने सामाजिक अभियन्ता हमालले बिरामी हरिजनलार्इ नेपाल पठाउन उनको नामबाट उनीसँगै काम गर्ने बंगाली नागरिकले किस्ताबन्दीमा चुक्ता गर्ने गरी मोवाइल निकालेको र किस्ता नतिरेको कारण ट्राभल ब्यान्ड भएर घर जाने प्रकृया अगाडि बढाउन असजिलो भएकोले सो फुकुवाको लागि अाफ्ना साथीभार्इ मार्फत ३५० केडि संकलन गरेर राजदूतावासमा बुझार्इ  प्रकृया अगाडि बढाइएको बताए ।

 

हरिजन गत अक्टोबर महिनामा कुवेतको फरवानिया अस्पतालमा मानसिक सन्तुलन गुमाएर अलपत्र अबस्थामा भेटिएका थिए । उनलार्इ लुम्बिनी समाजका उपाध्यक्ष अनिल कुमार ठाकुरले पहिलो पटक भेटेपछि नेपाल स्थित उनका परिवारजन सँग हरिजनको सम्पर्क गरार्इ उदद्दारको लागि  कुवेतमा क्रियाशील सामाजिक संघसंस्था, समाजसेवी तथा सम्पूर्ण नेपाली समुदायलाई पनि पीडितको उद्दारको लागि अा-अाफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अनुरोध गरेका गरेका थिए ।

 

सरावल गाउँपालिका – ६, नवलपरासीका हरिजन ६ वर्ष अघि कुवेत अएका थिए भने काम गर्न अ।एको कम्पनीले तलब पनि नदिने र काम पनि नपाउने भएपछि बाहिर बसेर काम गर्न थालेपछि गैरकानूनी भएका उनी अस्पतालमा उपचार गर्न अाउनु अघि अब्बासियामा बस्दथे । गैर कानूनी अबस्थामा उनी बिरामी परेपछि प्रहरीको सहयोगमा अगष्ट अन्तिम हप्ता फरवानिया अस्पतालमा भर्ना गराइएका थिए ।