4 Mangshir, 2074 | 20 November, 2017 Monday

तीतोपाटी डट कम – नुवाकोटमा सोमबार राति एम्बुलेन्स पल्टिँदा एकजनाको ज्यान गएको छ ।  तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दिप भारतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

समुन्द्रटारबाट काठमाडौंका लागि छुटेको बा १६ च ८९७ नम्बरको एम्बुलेन्स पल्टिएको हो । एम्बुलेन्समा तीनजना चढेको भनिए पनि दुईजना सम्पर्क बिहिन रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको  छ । दुर्घटनास्थलमा मृतक मकवानपुर मनहरीका भारतीको मात्र नागरिकता भेटिएको प्रहरीले जनाएको छ ।

- उज्यालो अनलाइन