3 Mangshir, 2074 | 19 November, 2017 Sunday
माधब पाैडेल "असल यात्री" - पछिल्लो राजनीतिक परिस्थितिलाई केलाउने हो भने नेपालका प्रमुख चार दलहरुले अाफ्नो मात्र प्रभुत्व जमाउन खोजेको ज्वलन्त उदाहरण थ्रेस होल्ड प्रणाली विधेयक पास गराउदा तीन दलको एकै मतबाट छर्लङ्ग सावित भैइसकेको छ ।

 

बामपन्थी होस् वा लोकतान्त्रिक गठबन्धन यि दुवै सत्ता मोहले नाटकिय ढंगबाट गठित भएका हुन । निर्वाचनको लागि मनोनयन दर्ता गर्ने मुहारहरु हेर्ने हो भने पनि पुरानाको नै हावी देखिन्छ यसले के प्रष्ट पार्छ भने जुनसुकै दलले पनि नँयालाई अबसर दिने कुरा केवल खोस्रो कागज अनि जनतामा प्रवाह गर्ने ध्वनिमा मात्र सिमित छ । ३३% महिला सहभागिताको कुरा अाफ्नो घोषणा पत्रमा मात्रै सिमित देखिन्छ कानुनमा नलेखिएकै कारण सबै दलहरुले महिलालाई पछाडि पार्न सफल भएका छन् ।

 

समानुपातिकमा केहि जनजातिको नाम बन्दसुचिमा पारेर ठुला दलहरुले भोट तान्ने दाउ फ्याकिरहेका हुन भनी बिश्लेक्षण गर्दा खासै फरक नपर्ला । स्थिर सरकारको बहानाको नाममा भएको गठबन्धनले दिगो रुप लिन्छ भन्ने के ग्यारेन्टी छ ? जनता यसको सहि जवाफ खोज्दैछन् ।

 

मधेस अान्दोलनले जन्माएको राष्ट्रिय जनता पार्टीले मधेसमा अाफ्नो छुट्टै प्रभुत्व जमाउन सफल हुने अनुमान गर्न सकिन्छ । रविन्द्र मिश्र सयोजंक रहेको विवेकशील साझा पार्टी र डा.बाबुराम भट्टराई संयोजक रहेको नँया शक्ति पार्टिलाई यो निर्वाचनमा ३% मतको सिमा पार गराइ राष्ट्रिय पार्टी बनाउन युवाहरु र बुद्धिजीवीहरु दौडधुप गरिरहेका छन् ।

 

प्रत्यक्ष तर्फ केहि ठाउँबाट उम्मेदवारी दिएको सो पार्टीहरुले समानुपातिक तर्फ धेरै भन्दा धेरै मत ल्याउन जरुरि हुन्छ के २१ शताब्दीका हामी नेपाली जनताले अाफ्नै पुरानै दाई दिदिलाई एक भोट दिएर नँयालाई समानुपातिक तर्फको एक भोट देलान् त ? यदि यसो हुन सकेमात्र यी दुई हस्तिहरुले देखेको सपना साकार होला नत्र पुरानै दलहरुले पुरानै शैलीमा कहिले दक्षिण त कहिले उत्तरको इशारामा देशको बागडोर हाकिरहने छन् ।