3 Mangshir, 2074 | 19 November, 2017 Sunday
धरानमा सेलेब्रिटी नाइट
2017-11-06 | तीताेपाटी डट कम
तीताेपाटी डट कम - फिल्म, रंगमञ्च, कला–संस्कृति, गीतसंगीतदेखि फेसन र मोडलिङ क्षेत्रसम्म पहिचान बनाएका धराने कलाकर्मी सम्मानित भएका छन् । ह्वाइट हाउस कलेजले ‘सेलेब्रिटी नाइट’ आयोजना गरी कलाकर्मीहरूलाई सम्मान गरेको हो ।

फिल्म क्षेत्रबाट सम्मान पाउनेमा नवनायिका रेखा फागो, प्रेशिका निरौला, अभिनेता/निर्देशक प्रेम सुब्बा, गुरुङ सोल्टी, नवीन गुरुङ, विनोद तखाछे, निर्माता किशोर सम्बाहाम्फे, नवीन मेन्याङ्बो लगायत थिए । 

रंगमञ्चबाट गोपाल देवान, प्रबिन राई, कैलाश कार्की, सन्तोष थेबे, मदन गुप्ता, हिमाल दहाल, विष्णु मोक्तानले सम्मान पाए । गीत संगीततर्फ एपी शेर्पा, सुमन श्रेष्ठ, मीना सिंगक, भाइसन बर्देवा र फेसन मोडलिङतर्फ मिस पूर्वाञ्चल रुबी लिम्बू, सिमरन श्रेष्ठ, अनु ढुंगाना सम्मानित भए ।

धरानका किशोरकिशोरी संलग्न स्मृति एन्ड हर ब्यान्डको प्रस्तुति र कलाकारहरूको नृत्यसहित सम्पन्न सेलेब्रिटी नाइटमा होटल म्यानेजमेन्टमा पढ्दै गरेका विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकार चखाइएको थियो ।

कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले सम्मानको संस्कार बसाउन कार्यक्रम गरिएको बताए । प्रधान फिल्मकर्मी समेत हुन् ।