4 Mangshir, 2074 | 20 November, 2017 Monday
     रियाद- साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ । राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् । हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन् ।

     हेलिकप्टर दक्षिणी साउदी अरबमा आभा शहरनजिक दुर्घटना भएको हो । एक दिनअघि मात्र साउदी अरेबियाले यमनबाट प्रहार गरिएको मिसाइललाई रिहाद बिमानस्थल नजिक रोकेको बताएको थियो ।दुर्घटनामा मारिएका राजकुमारमाथि भ्रष्टाचारको आरोप लगाइको थियो । उनी सहित अन्य ११ राजकुमार, मन्त्री र उद्योगपतिको वैंक खाता बन्द गरिएको छ र उनीहरुलाई भ्रष्ट्राचारको आरोपमा गिरफ्तार गरिएको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।


स्रोतः रातोपाटी अनलाइन