4 Mangshir, 2074 | 20 November, 2017 Monday
चन्द्र बिश्वकर्मा – नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले२ वर्ष अघि सडक दुर्घटनामा परि अपांग बनेका सफा नेश्नल क्लिनिङ कम्पनीका बिनोद बिश्वकर्मा को सहयोगार्थ बिनोद बिश्वकर्मा सहयोग अभियान 04 नोभेम्बर 2017 देखि बन्द गरेको समाजका अध्यक्ष कुल बहादुर बिश्वकर्माले तीतोपाटी डट कम लार्इ जानकारी गराएका छन्। लामो समय देखि घर जान नसकेका बिनोद लाई नमुना बिश्वकर्मा समाज नेपाल कुवेतले छिट्टै स्वदेश फिर्ताको लागि पहल गरिरहेको छ ।
साबिक केशबटार गाविस वडा न ९ तनहुँका ३० बर्षीय बिनोद बिक ७ बर्ष पहिला कुवेत आएका थिए । २ वर्ष पहिला दशैको अवसर पारेर घर जाने तयारीमा रहेका बिनोद डिउटी जाँदा बाटो काट्ने क्रममा इजिफ्सियन नागरिकले चलाएको गाडीले ठक्कर दिदा उनी सख्त घाइते भर्इ शरीरका धेरै ठाउँमा चोट लाग्नुका साथै उनको खुट्टा भाँचिन गर्इ अलराजी अस्पताल सुयोख तथा फरवानिया अस्पताल गरी करिब ११ महिनाको उपचार पश्चात हाल १ वर्ष अघि देखि कम्पनीको क्याम्पमा दयानिय अबस्थामा रहेका छन् । भाँचिएको खुट्टामा स्टील लगाएको छ भने दुर्घटनाको बखत चोट लागेका घाउहरू सन्चो भए पनि ढाडमा मासुको डल्लो पलाएर बाहिर निस्किएको छ । हाल एउटा खुट्टाले काम नगरे पछि उनी केही पनि काम गर्न सक्दैनन् । 

दुर्घटना पश्चात २ वर्षदेखि कुनै काम गर्न नसकेका उनलार्इ कम्पनीले मासिक ६० केडी खर्च दिए पनि उनले पाउनु पर्ने दुर्घटना वीमाको रकम पाउन ढिला भएकोले उनी घर फर्कन सकेका छैनन्। हाल उनी बैशाखीको सहारामा सामान्य हिडडुल गर्न सक्छन् । धन कमाउन बिदेश आएका बिनोद अपांग हुँदा घरमा रहेका परिवारको पनि बिचल्ली भएको छ । घरमा गएर पनि काम भने गर्न नसक्ने भएकाले आफ्नो घर फर्कन चाह्न्छन तर अपांग शरीर तथा आर्थिक अभाव भएका कारण घर फर्किन समेत नसके पछि बिनोदलार्इ घर फर्किन सहज होस भनि नमुना बिश्वाकर्मा समाज नेपाल-कुवेतले सहयोग अभियान सञ्चालन गरि नेपाल पठाउने जिम्मा लिएको हो ।

उक्त सहयोग अभियानमा संकलित रकम र सम्पुर्ण सहयोगी दाताहरुको नामावली बिनोद बिश्वकर्माको स्वदेश फिर्ताको तयारी पूरा भए पछि सार्बजनिक गर्ने समाजका अध्यक्ष कुल बहादुरले बताएका छन । नमूना बिश्वकर्मा समाजले संचालन गरेको सहयोग अभियानमा सहयोग गर्ने कुवेतमा कृयाशिल नेपाली संघ सँस्थाहरू तथा सामाजिक अभियन्ताहरू लगायत सम्पुर्ण सहयोगी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलार्इ बिनोद बिश्वकर्मा लार्इ स्वदेश फिर्ताको लागि सक्दो सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।