12 Baishak, 2075 | 25 April, 2018 Wednesday
नाइके फरार, निर्दोष हिरासतमा
2017-11-04 | तीताेपाटी डट कम
तीताेपाटी डट कम – ८८ किलो सुन प्रकरणका नाइके समात्न नसकेको नेपाल प्रहरीले निर्दोसलाई भने हिरासतमा राखेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भदौ १९ गते क्षेत्रपाटीबाट फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिरनजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ ।