4 Mangshir, 2074 | 20 November, 2017 Monday
तीतोपाटी डट कम - केही दिनयता नेपाली संचारमाध्यममा नायिकाद्धय श्रृष्टी श्रेष्ठ र प्रियंका कार्कीले बलिउड चलचित्रका लागि अडिसन दिएको खबर सार्वजनिक भैरहेको छ । श्रृष्टीले बलिउड चलचित्र ‘सन्दिप और पिंकी फरार’बाट डेब्यू गर्न लागेको चर्चा समेत नेपाली मिडियामा आइरहेको थियो ।

तर नायिका श्रृष्टीले भने यो चलचित्रमा काम गर्न लागेको खबर गलत भएको बताएकी थिइन् । उनले, आफूले यो चलचित्रका लागि अडिसन पनि नदिएको बताएकी थिइन् ।  उनै, श्रृष्टीले सामाजिक संजालबाट आफूले बलिउड डेब्यू गर्न लागेको खबर गलत भएको बताएकी छिन् । आफ्ना फ्यान र शुभचिन्तकलाई उनले जानकारी गराउँदै बलिउड डेब्यूको चर्चालाई हल्ला भनेकी छिन् ।

यस्तै, नायिका प्रियंका कार्कीले पनि एक बलिउड चलचित्रमा अडिसन दिएको खबर मिडियामा सार्वजनिक भएको थियो । खबरअनुसार, प्रियंका र श्रृष्टीले अडिसन दिएको चलचित्र एउटै हो । यशराज ब्यानरले बनाउन लागेको ‘सन्दिप और पिंकी फरार’ चलचित्रमा दुबै नायिकाले अडिसन दिएका थिए ।

सट लिस्टमा छानिएपछि यी दुबै अडिसनका लागि मुम्बई पनि पुगेका थिए । तर, श्रृष्टी अडिसनबाट छनोट भइनन् । यसैले पनि श्रृष्टीले अहिले बलिउड चलचित्रमा डेब्यू गर्न लागेको खबर गलत भएको बताइरहेकी छिन् । नेपालको वैतडी जिल्लामा छायांकन हुने यो चलचित्रमा अर्जुन कपुर र परिणिती चोपडा मुख्य भूमिकामा छन् ।