4 Mangshir, 2074 | 20 November, 2017 Monday
तीतोपाटी डट कम - कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किराती याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले एकैसाथ उधौली/ चासोक तङ्नाम मनाउने भएका छन् ।

आगमी डिसेम्बर ८ मा किरात राई यायोक्खाले मनाउने तय गरेको उधौली चाडमा किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले पनि सोही दिन आफूहरुले पनि मनाउनु पर्ने र अलग अलग स्थानमा कार्यक्रम गर्दा अतिथिहरुलाई समेत झन्झट पैदा हुने कारण एकै स्थानमा संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दा उचित हुने प्रताव आएपछी सबैको सहमतीमा उक्त निर्णय गरिएको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी गराएका छन् ।

तीनवटा संस्थाको आज बसेको संयुक्त बैठकले कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न कोशराज राईको संयोजकत्वमा बलबहादुर काम्बाङ र गुणबहादुर सुनुवार उपवसंयोजक रहेको आयोजक समिति गठन समेत गरेको छ ।

कार्यक्रममा कारात राईहरुको साकेला नाच, लिम्बूहरुको च्याब्रुङ नाच र सुनुवारहरुको श्यादर नाच प्रदर्शनका  साथै बिभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु रहनेछ ।

कार्यक्रमको विवरण यस प्रकार रहेको छः
मिति : डिसेम्बर ८, २०१७
स्थान : रिदम हल, अब्बासिया
समय : बिहानको १२ बजे ।