4 Mangshir, 2074 | 20 November, 2017 Monday
तीतोपाटी डट कम -  तीतोपाटी डट कम - घरेलु कामदारको रूपमा ४ वर्ष अघि कुवेत पसेकी  शिव सताक्षी नगरपालिका झापाकी २९ वर्षिया बहा मुर्मुको उपचारको क्रममा हिँजो निधन भएको छ । एक महिना अगाडी असक्त अबस्थामा दूतावास पुगेकी बहा मुर्मुलाई दूतावासले सेल्टरमा पठाएपछी उपचारको लागी फर्वानिया अस्पतालमा भर्ना गराइएको थियो भने उपचारका क्रममा हृदयघातका कारण उनको निधन भएको भनि फरवानिया अस्पताल श्रोतलार्इ उधृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

घरेलु कामदारको रुपमा कुवेत आएदेखि घर नफर्केकी बहा मुर्मु गैर कानूनी रुपमा वसोवास गरीरहेकी थिईन् । खाना पटक्कै नखाने भएर उनकोशरीर सुकेको थियो । पहिले गोरो मान्छे कालो भएकी मुर्मुको नेपाल फिर्तिको लागी लाग्ने खर्चको लागी गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतले अभियान संचालन गरी पहल गरिरहेको थियो । बहा मुर्मुलाई सकुशल नेपाल फर्काउन अभियान संचालन गरेको भएपनि बिचमै निधन भएको कारण अभियानलाई रोक्ने निर्णय गरेको र उठेको रकम उनको शव नेपाल पठाउन र काजक्रियाको लागी सहयोग गरिने कुरा  अभियानकी संयोजक सुस्मिता लिम्बुलार्इ उधृत गर्दै पत्रकार एनअारएनए कुवेतका   प्रवक्ता कोशराज रार्इले बताएका छन् 

मुर्मुको फर्वानिया अस्पतालमा निधन भएको भएपनि उनको शब पोष्टमार्टम तथा आवश्यक प्रकृयाको लागी शवलार्इ जाहारा अस्पताल पुर्याईएको र चाँडै नै आवश्यक प्रकृया पुरा गरी उनको शव केही दिन भित्र नै नेपाल पठाईने नेपाली राजदूतावास श्रोतले जनाएको छ ।