7 Mangshir, 2074 | 23 November, 2017 Thursday

रुपेन हमाल- भाइले परिवार चिनेन, एयरपोर्टमै रुवावासी सुरु भयो
हामी बाहिर आयौं बाहिर भाइको परिवार बाबामम्मीहरु कुरेर बस्नु भएको थियो । अनि मैले उहाँहरुको हातमा बिरामी भाइलाई सुम्पिएँ । भाइलाई उहाँहरुको आफन्तले बोलाउनु भयो तर भाइले कसैलाइ चिन्न सकेनन । सबै जना त्यहाँ रुवाबास सुरु भयो ।

कतै म मोफर (जेल) जानू पर्यो भने के होला भन्ने यस्ता उस्ता निकै कुरा खेले। त्यहाबाट निकै भलाकुसारी गरेर बल्लबल्ल भित्र जाने बोर्डिङ पास भयो ।

मेरो त्यो एक दिन कुरा १ बर्ष पहिले को हो म बर्षे बिदामा घर जाँदै थिएँ । १ बर्षमा १ महिना को छुट्टी पाइने हुनाले निकै उत्साहित थि एँ । मेरा आफन्ती अनि साथी भाइ गरेर १० र १२ जनाको हुल भएर मलाइ बिदा गर्न एयरपोर्टसम्म गएका थिय।मेरो टिकट Qatar Airways को थियो।  म त्यतै लाइनमा बस्नलाई साथीहरुसंग फोटो खिचेर अब सामान जोखाउने तिर लागेको थिएँ ।

१ जना अपरिचित दाजुले आफ्नो बिरामी भाइलाई नेपाल छोड्नको लागि कोहि भेटिन्छ कि भनी जोखाना हेर्न भएको रहिछ । उहाँको नजर म माथी परेछ । सायद भगवानले नै जुराएको होला । उहाले मलाइ केही कुरा सोध्नुभयो मैले जवाफ दिएँ । उहाँ आफ्नो भाइलाई नेपाल गएर छोडेर अर्को दिन फेरि कुवेत आउने सोचमा हुनुहुदो रहेछ । मलाइ देखेपछि बोलाएर भनेपछि मैले म छु दाइ हजुर किन दुःख पाउनु पर्यो र भने किनकी उहाँ नेपाल जाने र आउने गर्दा नेपाली १ लाख खर्च हुने थियो । दाइले मेरो भाइ हल्का बिरामीे छ, लागो लागे जस्तो छ । यहाँ रुममा एक्लै राख्दा नि केही हुने हो कि भन्ने डर भयो अनि नेपाल पठाउन लागेको भन्नूभयो । यसो गर्दा गर्दै लाइन पनि खुल्यो । त्यो भाइलाई लियर म लाइनमा बसे । लाइनमा बसे पछि अब मेरो समान जोख्ने पालो आयो जोख्न पनि लागे त्यहा काउन्टरमा बस्ने पाकिस्तानी थियो उस्ले त्यो भाइलाई हेरेर ‘बिमार हे क्या भन्यो’ । भाइ मुसुक्क हास्यो उस्ले केही भनेन । अनि मैले भाइ थोडासा बिमार है यार भने अनि पाकिस्तानी ए फेरि क्या प्रोबलम है भन्यो अनि भाइ माथी शंका गर्न लाग्यो । मैले भाइलाई भनन के भएको भनेको त भाइको दिमागले काम नगर्ने रहिछ । उत्ति खेरै हास्ने उत्ति खेरै बोल्ने उत्ति खेरै नबोल्ने गर्ने रहेछन । म पनि कति लाटो मान्छे सहयोग गर्छु भनेर भाइलाई लैजान्छु भने । त्यो पाकिस्तानीले त त्यो कुरा ठूलो पो बनायो ।

त्यहा Immigration मा रोक्यो । अनि आफ्नो अफिसको मन्छेलाई बोलाउन लाग्यो । मलाइ निकै डर लाग्यो । अनि उस्को मान्छे पनि आयो । सबै सोधपुछ गर्यो । मैले केही ढाटिन यसरी उस्को मान्छे उस्लाइ छोड्नको लागि मात्र नेपाल जाँदै थियो मैले म छोड्दिन्छु भनेर लिएर हिडेको भनेर भने । अनि उस्ले यो मान्छेले भित्र गएर दुःख दियो फिङ्गर गर्न सकेन भने त सिधै जेल (मफर) जान्छस भन्यो मैले ओके भने । मैले त्यतिखेर निकै सोछे विभिन्न सस्थाबाट मेरो नाम को Status  थियो । घर जान लागेको भनेर मेरो आफ्नै साथी अनि सस्थाबाट पनि Status थियो । धेरै साथिले खुसी ब्यक्त गरेका थिय । कतै म मोफर (जेल) जानू पर्यो भने के होला भन्ने यस्ता उस्ता निकै कुरा खेले। त्यहाबाट निकै भलाकुसारी गरेर बल्लबल्ल भित्र जाने बोर्डिङ पास भयो । उस्ले भनेको थियो यो भाइलाई पठाउन मेडिकल रिपोर्ट चाहिन्छ अनि मात्र जान पाउँछ भनेर तर निकै बिन्ती गरेपछी छोड्यो । अनि भित्र गएसी पुलिससँग फिङ्गर गर्नुपर्ने थियो भाइ कतिखेर हाँस्ने कतिखेर नबोल्ने गर्दा रहिछन । मैले उन्को खुट्टामा मेरो जुत्ताले अचेट्ने उनलाई दुखाउने काम गर्न लागे जस्ले उनी टाठो हुन भनेर ।

भगवानको कृपाले भाइले फिङ्गर गर्ने ठाउँमा काम गरे मलाइ निकै खुसी लाग्यो अब भाइ होसमा आएछ सजिलो हुने भयो भने । अरु ठाउको सबै काम मैले गर्न मिल्ने भएर सबै ठाउमा मैले गरे । यसरी हामि कुवेतबाट जहाजमा चढ्यौ । चढेर हामी कतारका लागि प्रस्थान भयौ । कुवेतदेखि कतार पुग्दासम्म हामिलाइ नास्ता दिएको थियो मैले खाएँ त्यो भाइले केही पनि खाएन । मैले उस्लाइ बारम्बार सोध्दा पनि उस्ले कुनै जवाफ दिन सकेन । उस्लाइ दिशा पिसाब लागेछ कि भनी मैले सोधे बताउन सकेनन् अनि लिएर गए ट्वाइलेटमा भित्र पठाएँ भाइ त त्यत्तिकै बसिराखेका रहेछन् । लियर सिटमा ल्याएर राखेँ । हामी कतार पुग्यौँ । कतारबाट नेपालको लागि ट्रान्जिट थियो । वेटिङ धेरै थिएन सिधै नेपाल जाने Flight मा बस्नु पर्ने थियो । त्यहाँ पनि कताकता के के कागज बुझाउनु पर्ने थियो । सबै मैले बुझाए । अनि Flight मा बसियो । त्यहा कतारबाट नेपाल जादा त्यो भाइलाई चिनेका मान्छे पनि भेटिए तर मैले उहाँहरुलाइ यो भाइलाई हेर्नु न है संगै लै जानुन है भन्दा कोहि पनि सहमतमा आउन सक्नु भएन । भाइ कतारबाट नेपाल पुग्दासम्म पनि केही खान मानेन । दिशापिसाब पनि गरेनन ।



मलाइ आफ्नो भन्दा उस्को बढी चिन्ता थियो । यसरी धन्नधन्न हामी नेपाल पुग्यौं । नेपाल पुगेपछि भाइलाई लिएर मैले मेरो ब्यागहरु लिन पुगे । ब्यागहरु लिएर बाहिर निस्किने क्रममा त्यहा नेपाली दाजुभाइलाई यो भाइ बिरामी छ उस्को बाबा मम्मीलाई बुझाउनु छ भन्दै सबैसंग पालो मागी मागी म अगाडि आएर छिटो बाहिर निस्किने काम गरेँ। भाइको बाबा मम्मीको मोबाइल नम्बर लिएर आइको थिएँ अनि मैले कल गरेर बाहिर ढोकामा बस्न लगाएँ । जब जब हामी बाहिर आउदै थियौ भाइ रुन कराउन लाग्यो । बाहिर भाग्ला जस्तो पो गर्न लाग्यो । मैले फकाएँ उ फेरि बेस्कन रुन लाग्यो मलाइ झन अफ्ट्यारो भयो । हातमा सामान अनि ट्रली पनि थियो उस्लाइ पनि सम्हाल्नु पर्ने । भाइ डाँको छोडेर रोयो । मलाइ लाग्यो आफ्नो देशको प्रभाब होला भन्नेभयो । कुवेत- कतारमा यस्तो गरेको भए मलाइ कति असर पर्ने थियो । ठिकै छ भाइ रोयौ भने।

यत्तिकैमा हामी बाहिर आयौं बाहिर भाइको परिवार बाबामम्मीहरु कुरेर बस्नु भएको थियो । अनि मैले उहाँहरुको हातमा बिरामी भाइलाई सुम्पिएँ । भाइलाई उहाँहरुको आफन्तले बोलाउनु भयो तर भाइले कसैलाइ चिन्न सकेनन । सबै जना त्यहाँ रुवाबास सुरु भयो । मैले भाइलाई केही भएको छैन सन्चो हुन्छ भनी आश्वासन दिएँ । मलाइ लिन पनि मेरो आफन्तीहरु कुरेर बस्नु भएको थियो । म उहाँहरुसंग बिदा मग्ने क्रम थियो । उहाँहरुले मलाइ भगवानको उपनाम दिए र धेरै धेरै आशिष अनि धन्यवाद दिनुभयो । मैले भने यो त मेरो कर्तब्य हो । मैले जे सके त्यही गरे । नसक्ने काम गरेको छैन । भाइलाई अब उपचार गर्नुहोला । झारफुक के के गर्नुपर्छ गर्नुहोला भने अनि म उहाँहरुसंग बिदा माग्दै आफ्नो गन्तब्य तिर लागेँ । मलाइ अरु कसैको दुःखमा साथ दिन पाउँदा निकै आनन्द महसुस हुने हुनाले म जति सक्दो धेरै दुखिको सेवा मा तल्लिन हुने गर्दछु ।