8 Falgun, 2074 | 20 February, 2018 Tuesday

तीतोपाटी डट कम - आयल निगमको पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने निर्णय १२ घण्टा नबित्दै फिर्ता भएको छ । निगमले हिजो राति १२ बजेबाट लागु हुनेगरी ग्याँस, डिजेल, पेट्रोल र मट्टितेलको मुल्य बृद्धि गरेको थियो । 


निगमको यो निर्णयलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका मुखमा गरेको मुल्य बृद्धि फिर्ता गर्न निर्देशन दिएपछि आज बिहान बसेको निगम सञ्चालक समितिको बैठकले मुल्य बृद्धि फिर्ता लिने निाणर््य गरेको हो । 


यो निर्णयसँगै पुरानै मूल्य कायम गर्ने निर्णय भएको निगम श्रोतले जनाएको छ । निगमले ग्याँसमा २५ रुपैयाँ र पेट्रोल, डिजेल, र मट्टितेलमा दुईदुई रुपैयाँ बृद्धि गरेको थियो ।