10 Falgun, 2074 | 22 February, 2018 Thursday
तोयानाथ उपेक्षित-
       कुवेतवाट काठमाण्डौको लागि सिधा उडान भर्न नेपाली राजदुतावास कुवेतले अलजजिरा, कुवेत एयरवेज र वातानिया एयरवेजसँग थालेको प्रयत्नमा वातानिया एयरवेजले बाजी मारेको छ। संभवत कुवेतमा रहेका नेपालीहरुले चाडोमा यहि नोभेम्वरबाट कुवेत काठमाण्डौको सिधा उडानको यात्रा गर्न पाउने भएका छन । आज कुवेतमा भाईरल भईरहेको सो सम्बन्धि समाचारलाई नेपाली राजदुतावास कुवेतका राजदुतले पुष्टि गर्दै उक्त कुरा बताउनु भएको हो।

         सन २००८ को जुलाईमा उडान सर्टिफिकेट पाएको वातानिया एयरवेजले आफ्ना तिनवटा एयरवसबाट विश्वका विभिन्न १७ वटा डेस्टिनेशनमा उडान भर्ने गरेको भए पनि आर्थिक समस्याका कारण उसले आफ्ना सेवा सन् २०११ को मार्चमा पूर्ण रुपमा बन्द गरेको थियो । कुवेत वेस भएको उक्त प्राईभेट कम्पनीले सन २०१६ मा उडान शुरु गर्न पुन प्रयत्न गर्दै एयरवेजलाई संञ्चालनमा ल्याएको हो । हाल वातानिया एयरवेज सँघ तिनवटा जहाज छन ।

हाल यसले नयाँ उडान डेस्टिनेशन खोज्ने क्रममा १० भन्दा धेरै ठाउँमा उडान भर्दै आएको छ । एयरवस ३२० को सिट क्षमता १३२ रहेको छ । मध्यम बडिको जहाज रहेको उक्त कम्पनी ले जहाजको संख्या पनि बढाउने भएको छ । Sheikh Saad General Aviation Terminal बाट उडान हुने छ । राजदुत यज्ञ बहादुर हमाल समक्ष नेपालका लागि उडान भर्ने माग सहित उक्त कम्पनीले तिन साता अघि नेपाली दुतावासमा भेटघाट गरेको थियो ।

       वातानिया एयरवेजको मागलाई हार्दिकताका साथ लिदै राजदुत हमालद्धारा आफ्नो तर्फबाट गर्नु पर्ने सहयोग भएको राजदुतले बताउनु भयो । यो खुशीको कुरा हो र यो सेवालाई निरन्तरता दिन हामीले प्राथामिकता दिनु पर्दछ जसको कारणले सिधा उडान को लाभका अतिरिक्त नेपालमा पर्यटन भित्र्याउन पनि मद्दत पुग्छ राजदुत हमालको प्रतिक्रिया थियो। वातानिया एयरवेजले कुवेत काठमाण्डौको उडान शुरु गर्ने मिती घोषणा भने गरिसकेको छैन तर काम अगाडी बढिरहेको छ संभवत नोभेम्बरबाटै शुरु होला उहाँको प्रतिक्रिया थियो। शुरुका केही समय अरु जहाँजको तुलनामा वातानियाको नेपाल जाने टिकट निक्कै सस्तो हुने कुरा वातानियाको संञ्चालकहरुले राजदुतसँगको भेटमा बताएका छन।

            जहाज कुवेत नेपाल दैनिक उडान गर्ने तयारीमा छ तर के यसले नेपाल जाने यात्रुहरु सधै पर्याप्त मात्रमा कुवेतमा पाउला त ? भन्ने कोसेली न्युजको जिज्ञाशामा राजदुतले संञ्चालकलाई सोही प्रश्न गरेको सुनाउदै भन्नु भयो विमानलाई कुवेतबाट सिधै काठमाण्डौ उडान नगरेर खाडीका कुनै देशमा विसाउने र त्यहाँका यात्रु थप गरेर उड्ने या त अन्य कुनै देशबाट नेपाली यात्रु बोकर कुवेत आउने र यहाँबाट यात्रु हालेर सिधै काठमाण्डौ जाने मध्ये एउटा योजना एयरवेजले बनाउदै गरेको सुनाउनु भयो ।

          यात्रु अभाव झेल्न उक्त जहाजले जे गरे पनि कुवेतबाट चढेको यात्रुले कुनै ट्रान्जिटमा जहाँज परिवर्तन गर्नु पर्दैन राजदूतले भन्नु भयो । कुवेतमा रहेका नेपालीहरुले नेपाली राजदुतावास मार्फत नेपाल सरकारसँग कुवेत नेपालको सिधा उडानका लागि कुनै जहाँजको व्यवस्था गर्न लामो समयदेखि माग गर्दै आएका थिए। वातानिया एयरवेजको नेपाल उडानसँग सम्बन्धित समाचारलाई नागरिक उडान मन्त्रालयले पुष्टि गरिसकेको छ । 





महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ