12 Baishak, 2075 | 25 April, 2018 Wednesday
अब रोबोटलार्इ पनि नागरिकता
2017-10-29 | तीतोपाटी डट कम

तीतोपाटी डट कम - बिज्ञानको चमत्कारले अब रोबोट पनि मानिस जस्तै हुने भएको छ ।   रोबोट पनि नागरिक यो कुरा मानिसले विश्वास नै गर्न सक्दैनन् तर, साउदी अरेबियाले रियादमा एक रोबोटलाई नागरिकता दिएको छ।


सोफिया नाम गरेकी रोबोटलाई रियादमा अक्टोबर २५ तारिखमा साउदी अरेबियाको नागरिकता दिइएको बिबिसीले जनाएको छ। यसरी नागरिकता पाएकी सोफिया नामकी रोबोटलाई हंगकंगको हान्सन रोबोटिक्स कम्पनीले बनाएको हो।


सेफियालाई नागरिकता दिएको विषयमा सामाजिक सञ्जालमा सकारात्मक र आलोचनात्मक दुवै खाले प्रतिक्रिया आएका छन्।