8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डट कम - बालक हत्यामा निस्केको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले अनिश्चिकालिन झापाको विर्तामोडमा कर्फ्यू आदेश जारी गरेको छ। शुक्रबार दिउँसो १:३० बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।उनका अनुसार पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चौक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यू जारी गरिएको छ।

शुक्रबार दिउँसो १:३० बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।उनका अनुसार पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चौक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यू जारी गरिएको छ।

अर्जुनधारा नगरपालिका वडा नम्वर ११ निवासी ११ बर्षिय लक्ष्मण शिवाकोटीको हत्यारा पत्ता लगाउन परिवारले दबाब स्वरुप संघर्ष समिति बनाएर आन्दोलन गरेको थियो । आन्दोलनले स्थिति तनावग्रस्त भएपश्चात कर्फ्यु लगाउनु परेको प्रहरीले जनाएको छ । प्रदर्शन दबाउन प्रहरीले २ दर्जन भन्दा बढी हवाई फायर र दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।