4 Mangshir, 2074 | 20 November, 2017 Monday
तीतोपाटी डट कम -  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌मा फेरि फेरबदल गरेका छन्। मंगलबार प्रधानमन्त्री देउवाले दुई मन्त्रीहरुको जिम्मेवारी परिवर्तन गरेका छन्।


सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालय र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन्। माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएपछि प्रधानमन्त्री देउवाले केही मन्‍त्रालय आफूसँगै राखेका थिए।


पछिल्लो पटक राप्रपालाई सरकारमा सहभागी गराएपछि असोज ३१ मा प्रधानमन्त्री देउवाले कमल थापालाई उपप्रधानसहित ऊर्जा, जयन्त चन्दलाई आपूर्ति, दीलनाथ गिरीलाई सहरी विकास र विक्रम थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर, विनाविभागीय बनेका माओवादी केन्द्रका मन्त्रीहरुले भने विना विभागीय भएपनि सरकारबाट भने बाहिरिएका छैनन् ।