7 Mangshir, 2074 | 23 November, 2017 Thursday
चुडामणी प्रसाईं – हाल अमेरिका-

      “विद्या नपाए कासी जानू, न्याय नपाए गोर्खा जानू” भन्ने यो उक्ति अफाप सिद्ध भैसकेको छ किन भने न्यायको लागि कासी जानु पर्दैन नेपालमा पनि विद्या सिक्न सकिन्छ, यो उहिलेको कुरा हो जुन बेलामा नेपालबाट कासी गएर शिक्षा लिनु पर्थ्यो तर गोर्खाली राजाले एकिकरण गरेर निर्माण गरेको सिंगो नेपालमा न्याय मरेको छ । 

      यहाँ ज्यामाराले करोडौं पाउँछन्, खरबौंका भ्रष्टचारी विना कार्वाही छोडिन्छ, कर्मचारी पाइलै पिच्छे घुस खान्छन, सबै सपाङ्ग भएकाले ६० वर्षमा वृद्धभत्ता लिन्छन, पार्टीका कार्यकर्तालाइ खरबौ बाँढिन्छ, दलेका नेताहरुलाई टाउको दुख्नासाथ उपचारको लागि युरोप अमेरीका जान्छन अनि उपाचारमा लाखौं खर्च गर्छन् । त्यतिमात्र होइन डलर भत्ता सहित सपरिवार आफन्त सहित महिनौ घुम्छन, ९/९ महिनामा सरकार परिवर्तन गर्छन्, नेपाल जस्तो सानो देशमा ६४ जनासम्म मन्त्री बनाउँछन् भने कोही आधा दर्जनसम्म उपप्रधान मन्त्री बनाउँछन् अनि लुट्छन, 

    सरकारै परिवर्तन हुनासाथ आफ्नो अनुकुल हुनेगरी कर्मचारीहरु सरुवा गर्छन, विभिन्न बाहना निकालेर जनता जुधाउँछन र मार्छन अनि राज्यकोषबाट खरबौ बाड्छन्, पार्टीका कार्यकर्तालाई, कर्मचारी, नेता भनौदाहरुलाई जतिसक्यो मिलाएर खाजा चिया फोन गाडी, गाडीको तेल, डाइभर, कोठा, कपडा, खाना आदी लुट्दा-लुट्दा अझै लुट्ने काम जारी रहन्छ, यहाँसम्म कि मरेपछि कात्रो, लास जलाउने दाउरासम्म र क्रिया खर्च समेत राष्ट्रको ढुकुटी जनताको पसिनाबाट लिन्छन; मिलेर लूटछन अनि देशको आर्थिक स्थितिको दोष जति सबै एकले अर्कालाई,  सक्रमणकालीन अवस्था, मिलिजुलिको सरकार र प्राकृतिक प्रकोपलाई देखाउँछन। प्राकृतिक प्रकोप, सक्रमणकालीन अवस्था र मिलिजुली सरकार कुन देशमा छैन त्यहाँ पनि ति देशमा बिकाशले गति लिएकै छ;  र संस्थागत लूटतन्त्र यो तहसम्म पुगेको छैन। नेपालमा चाहीं कहि “नभाको जात्रा हाँडी गाउँमा” भने जस्तो के भाको यो ? अब पनि यस्तै विकृति, लूटतन्त्र सहेर बस्ने कि विकल्प रोज्ने ?