10 Falgun, 2074 | 22 February, 2018 Thursday
तीतोपाटी डट कम - पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

गएराति एक समारोहका बीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

के हो फिफा उत्कृष्ट खेलाडी अवार्ड ?

फिफाले गत वर्षदेखि बेस्ट फुटबल अवार्ड दिन थालेको हो । यसअघि फिफाले बलुन डे ओर भनेर वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै आएको थियो । बलुन डे ओर फ्रेन्च फुटबल पत्रिकाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रम हो ।

फिफाले दुई वर्ष अघि उक्त पत्रिकासँगका सहकार्य तोड्दै आफैं बेस्ट फुटबल अवार्ड दिन थालेको हो ।

महिलातर्फ नेदरल्याण्ड्सकी खेलाडी लेईके मर्टिन्स उत्कृष्ट फुटबलर बनेकी छन् ।

यसैगरी उत्कृष्ट प्रशिक्षकको अवार्ड रियाल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले जितेका छन् । रियाल मड्रिडलाई गत सिजनको युरोपियन च्याम्पियन्स लिग जिताएबापत जिदान र रोनाल्डोले अवार्ड जितेका हुन् ।

फिफा बेस्ट फुटबल अवार्डमा आर्सनलका फ्रेन्च खेलाडी ओलिभर जिरुले पुस्कास उत्कृष्ट गोलको अवार्ड जितेका छन् । यसैगरी उत्कृष्ट फुटबल समर्थकको अवार्ड स्कटल्याण्डको सेल्टीक फुटबल क्लबका समर्थकहरुले जितेका छन् ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ