4 Mangshir, 2074 | 20 November, 2017 Monday
दिदीभार्इ तिहार मनाउँला
2017-10-20 | तीतोपाटी डट कम
-सरस्वती थिङ तामाङ

प्यारो मेरो भाई अनिल
तिहारमा परदेशमा रहनु पर्दा
संघारमा तेलको घेरा, अनि
दैलोमा ओखर फुटाएर 
शत्रुबाट हुने बाधा हटाउन सकिन ।।
निधारमा सप्तरंगी टिका अनि
मखमली, गोदावरी फुल
बा¥है मासे हरियो दुवो 
सयपत्रीको मालाको साथमा
मुटु भरिको माय र आशिर्वाद दिन सकिन ।।
छरछिमेकका अरु साथीहरु
तिहारको टिका,
रंगी बिरंगी माला, अनि
नया बस्त्र आभुषणमा
सेल, अर्स, फिनी अघि राखी
रमाइ रमाइ तस्विर खिचाउँदा 
फुरुङ्ग हुदै चंगा उडाउँदै
लिंगे पीङ र रोटे पीङ खेल्दा
तिम्रो मन पनि दिदीको यादमा 
पल पल तड्पिन्छ होला ।।
यसपाली त यस्तै भयो
अर्को साल पक्कै आउँला
सेल रोटी, मिठाइ अनि
नया बस्त आभुषण र 
सप्तरंगी टिका साथै 
मालासँग सजिएर
दिदीभाई तिहार मनाउँला 
दिदीभाई तिहार मनाउँला ।।

उही तिम्रो परदेशी दिदी
सरस्वती थिङ तामाङ
कुवेत