11 Baishak, 2075 | 24 April, 2018 Tuesday
तिहारले बोलायो
2017-10-20 | तीतोपाटी डट कम

-माधब पाैडेल "असल यात्री"


एक बर्षभरि खबर ल्याउने 

हुलाकी कागलाई तिहारले बोलायो  

टोल टोलको बाटोमा भुक्दै हिड्ने 

बफादारहरुलाई तिहारले बोलायो ।


खेतबारीका डिलहरुमा फुलेका ति

मखमली सयपत्रीहरुलाई तिहारले बोलायो

विभिन्न मिस्ठान परिकारहरु अनि 

बजारका सप्तरङगी टिकाहरुलाई तिहारले बोलायो ।।


पराइघरको चेलिबेटीहरु अनि

परदेशको दाजुभाइहरुलाई तिहारले बोलायो 

दिपावलीको नाम गरि दियो,मैनवत्ती अनि 

पट्टकाहरु तिहारले बोलायो ।