10 Falgun, 2074 | 22 February, 2018 Thursday
तिहार
2017-10-19 | तीतोपाटी डट कम
तिहार

-सरस्वती थिङ तामाङ

चारैतिर उज्वल प्रकाश र 
रङ्ग लिएर आउँछ तिहार
शुभकामनाका पुष्प गच्छा अनि,
दाजुभाईलाई सप्तरंगी टिका
मखमली र सयपत्रीका माला
अनि, दिर्घजीविको आशिर्वाद 
दिएर जान्छ तिहार
चङ्गा उड्छन्, माला उन्छन्
स्वदेशमा रंगिन्छ तिहार

रंगीचंगी मिठाइ र
सेलरोटी अचार अनि
रसिला परिकार धेरै
झिलिमिली दिापावली
उल्लास ल्याउँछ तिहार
देउसी भैलोको रमाइलो अनि 
स्वर्ग झैं हुन्छ घर
दिदीबहिनी र दाजुभाइको
मिलन गराउन अाउँछ  तिहार

परदेशमा बस्नेलाई त
सपना झैं तिहार
फेसबुकका पानामा
शुभकामनाले भरिन्छ तिहार
यस पाली त यस्तै भयो
साँच्यो अर्को साललाई
परदेशी चेलीको मन
जलाइ जान्छ तिहार

दाजु भाईको तस्वीर हेर्यो
थामि दैन मन
आँखामा भेल सरी
आँशु दिएर जान्छ तिहार 
फेरी पनि फर्किएर
आइरहन्छ तिहार
वर्षौं बित्छन् आशै आशमा
परदेशी मनलार्इ जलार्इ रहन्छ तिहार ।।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ