7 Mangshir, 2074 | 23 November, 2017 Thursday
काठमाण्डौ, घर धनि र डेरावाला
2017-10-19 | तीतोपाटी डट कम
बालकृष्ण घिमिरे - नेपालको राजाधानी काठमाण्डौ, स्वाभाविक रुपमा जनघनत्वका हिसावले थेगी नसक्नु भएको छ । अधिराज्यभरिका सिक्षित , अशिक्षित , डाका , सज्जन , नेता , कार्यकर्ता , पापी , अपराधी र समग्रमा गरिखाने देखि गराई खानेहरु सबै अटेको ठाउँ काठमाण्डौ । त्यसैले लगभग चालिस वर्ष अगाडी खेति योग्य जमिन भएको काठमाण्डौ आज भुत बंगला ( घरै घरको काठमाण्डौ ) को रुपमा परिणत भएको छ र पनि खुसि छन् रैथानेहरु । रैथाने भन्नाले नव-घरवालाहरु । 

राणा र राजा महाराजाको पालामा भएका स्थानीय काठमाण्डौवासी कहाँ छन् थाहाँ छैन । आज प्रजातन्त्र र गणतन्त्र पश्चात लुटेर , कुटेर र भुटेर काठमाण्डौवासी भएकाहरुको हालीमुहाली छ भन्दा अतियुक्ति नहोला सायद काठमाण्डौमा । पुराना स्थानीयवासीहरु आजको काठमाण्डौ देखेर व्वाक छन् , दिक्क छन् र भन्दै छन् छि छि मेरो काठमाण्डौ । तर नयाँ काठमाण्डौवासीहरु भन्दै छन् वा वा काठमाण्डौ । वा वा भन्नेहरु शिक्षित होलान तर टुप्पो वाट पलाएका छन् । घर मालिक शिक्षित छन् तर शिक्षक शिक्षिका हुनुको सामान्य ज्ञान समेत उनीहरुमा छैन । कट्टु र पेन्टी पखाल्छ्न डेरावालालाई सताउछन् । काट्टो घिच्छन् कहाँ उल्टी गर्ने हो पत्तो पाउदैनन वा डेरावालालाई हेप्छन र उसको ढोका अगाडी छाद्छन् । यो वा त्यो नाममा रकम असुल्छन र पनि फोहोर डेरावालाको ढोकामा फयाक्छन् | पानि , बत्ति र घरभाडाको राजश्व भाडावाला आफै बुझाउन वाध्य छन् र पनि कतिखेर घरमालिकले कुन वहानामा निकाल्ने हो भन्नेमा सधै चिन्तित छन् ।

 काठमाण्डौमा बस्ने सबै भाडावालाहरु गरिव , असिक्षित र बिहान कमाएर बेलुका खानुपर्ने वातावरणका मात्रै छन् भन्ने अन्ध विस्वासमा रहेका काठमाण्डौका नव-घरधनिका लागि त्यो सोच र विचार जीवनकै ठुलो घातक हुदै गएको छ । भाडावाला भएपनि काठमाण्डौवासी सरह धन सम्पति भएका , उनीहरु भन्दा सिक्षित , उच्च ओहोदामा कार्यरत , काम कर्तव्य , अधिकार प्रती जिम्मबारी , गरिखानेहरुलाई समान व्यवहाँर , सम्मान गर्न जानएका र मर्यादित व्यवसाय संचालन गरेर बसेका भाडावालाहरु घरमालिक संगै सम्पतिको प्रतिस्पर्धा गर्दै छन् । र त्यस्ता व्यक्तिहरु माथि माथि उल्लेखित निच र घिडित कार्य गर्ने घरमालिकको डटेर सामना गर्न तम्तयार भएका छन् । हिजो सामान्य गरिखाने परिवारको परिश्रमको मुल्य शोषण गरेर खान पल्केका धनि धनाढ्यहरु आज यो व्यवस्थाको सत्तो सराप गर्दै होलान तर आज बहुदलीय प्रजातन्त्र र गणतन्त्रका नाईके हौँ भन्ने काठमाण्डौका घरधनिहरुले आफ्नो घरमा डेरा गरि वस्ने वा व्यवसाय गरेर वसेका डेरावालाहरुलाई दास् सम्झिनु र तत् तत् को घिडित कार्य गर्नु भनेको यो वा त्यो नाममा आफै समाप्त हुनु मात्रै हो । चेतना भया ।