7 Mangshir, 2074 | 23 November, 2017 Thursday
बेदान्त र शुद्र(दलित)
2017-10-18 | तीतोपाटी डट कम
बिरबिक्रम सुनार - ॐ वर्णव्यबस्था वा शुद्र शुद्रो ब्राह्मणताम् एति ब्राह्मणस्चैति शुद्रताम् ।
क्षत्रियात् जातमेव तु विधाद् वैस्ययात्तथैव च ।।
(मनुस्मृति १०/६५ )
अर्थात:- गुण कर्म योग्यताको आधारमा नै ब्राह्मण शुद्र बन्छ र शुद्र ब्राह्मण बन्छ यस प्रकारले क्षत्रिय वा बैश्यमा पनि कर्मको आधारमा वर्ण परिवर्तन हुन्छ ।

शुद्रेण हि समस्तावद् वेदे न जायते ।
(मनु २/१७२)
अर्थात:- जब ब्यक्तिको ब्रह्मजन्म = वेदाध्ययन रुपमा हुदैन अर्थात जबसम्म ब्यक्तिले बेद अध्यन शुरू गर्दैन तब सम्म त्यो ब्राह्मण खानदानमा जन्मे पनि शुद्र समान नै हुन्छ ।

न वेत्ति अभिवादस्य.. यथा शुद्रस्तथैव सः।
(मनु २/१२६)
अर्थात:- जब सम्म मनुष्यले बेद ज्ञान अनुसारको कर्म बेद अनुसारको ज्ञान बेद अनुसारको यज्ञ तथा माता, पिता, अथितिको सम्मान, सत्कार, अभिवादन विधीको ज्ञान प्राप्त गर्दैन या जानदैन त्यो शुद्र नै हो ।

प्रत्यवायेन शुद्रताम् ।
(मनु ४/२४५)
अर्थात:- ब्राह्मण कुलमा जन्मेपनी ज्ञान प्राप्त गर्न नचाहाने ब्यक्ति, कुबिचार भएको, बेद निषेध कर्म गर्ने शुद्ध आचरण नभएका ब्यक्ति शुद्र हुन जान्छ । 

ब्राह्मणः क्षत्रियो वैश्यः त्रयो वर्णाः द्विजातयः ।
चतुर्थः एकजातिस्तु शुद्रः नास्ति तु पंचमः।।
(मनु १०/४)
अर्थात:- ब्राह्मण क्षत्रिय बैश्य यी तीन वर्णको द्विजाति भनिन्छ किनकी यी बर्णले यस बर्णको अर्को जन्म प्राप्त गर्दछन । किनकी बेद अध्यन शुरू गरेर बेद अध्यान पूरा गर्छन त्यस बेला त्यस मनुष्यको
नया जन्म हुन्छ ज्ञानको रूपमा । चौथो वर्ण एकजाति = केवल माता पिता द्वारा नै जन्म प्राप्त गर्छ तर जो बेद ज्ञान प्राप्त गर्दैन अर्थात बिद्याजन्म प्राप्त गर्न सक्दैन त्यो नै शुद्र हो । यी चार बर्ण बाहेक अरु कुनै वर्ण छैन । निर्धारित कर्मलाइ त्याग गर्नाले वर्ण परिवर्तन हुन्छ । मनुस्मृतिमा दर्जनौ यस्ता श्लोक छन जून श्लोकले निर्धारित कर्मलाइ त्याग गर्नाले र निकृष्ट कर्मको कारण द्विजलाइ शुद्र कोटि अर्थात शुद्र बर्णमा परिबर्तन हुने विधान लेखिएको अर्थात बिधानमा भनिएको छ ।
(द्रष्टव्य २/३६, ४०, १०३, १६८ : ४, २४५ आदि श्लोक )

शुद्रले पनि श्रेष्ठ कर्मद्वारा उच्चवर्णमा (द्विज हुने) परिबर्तन (प्राप्ति)हुने विधान पनि छः
चातुर्वर्ण्यमया सृंष्टं गुण कर्म विभागशः
(गीता ४/१३)
अर्थात:- गुण कर्म विभागको अनुसार नै चतुर बर्ण व्यवस्थाको निर्माण गरिएको छ । जन्मको आधारमा चतुरबर्ण ब्यबस्था गरिएको छैन र हुदैन पनि यस प्रकार स्कन्दपुराणमा भनिएको छः
जन्मणा जायते शुद्रः संस्काराद् द्विज उच्चते ।
अर्थात:- प्रत्येक व्यक्ति जन्मदै शुद्र हुन्छ तर आफ्नो गुण कर्म स्वभाव संस्कारद्वारा द्विज बन्दछ ल अब भन्नुस कहाँ छ छुवाछूत  ?