4 Mangshir, 2074 | 20 November, 2017 Monday
तीतोपाटी डट कम - गैरआवाशीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। एनआरएनको सोमबार सम्पन्न निर्बाचनमा भवन भट्ट विजयी भएका हुन्। काठमाडौंमा सम्पन्न ८ औं एनआरएनए विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा भएको थियो।

७६ देशका १८५४ प्रतिनिधीहरु अधिवेशनमा सहभागि भएको आयोजकले जनाएको छ। अध्यक्षमा भट्टका साथै उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य बिजयी भएका छन् भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, सचिवमा डीबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत थापा, सहकोषाध्यक्षमा सोमनाथ सापकोटा, महिला संयोजकमा बेल्जीयमकी रजनी प्रधान, युवा संयोजक सुधन थापा, एसिया संयोजक किरण थापा, उपसंयोजक पारसमणी पोख्रेल विजयी भएका छन्।गैरआवसीय नेपाली संघ एनआरएनएको आठौ विश्व सम्मलेनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रत्यासी जमुना गुरुङलाई ठूलो मतान्तरले पछि पार्दै भट्ट विजयी भएका हुन् । 

कसलाई कति मत ?
सम्मलेनमा खसेको एक हजार सात सय ८८ मत मध्ये भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले पाँच सय ८४ मत प्राप्त गरेकी छन्।

संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन् । यस्तै, महासचिवमा डा. बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।

भट्टको प्रतिवद्धता
अध्यक्षमा निर्वाचित भट्टले सबैलाई एकढिक्का बनाई एनआरएनएका हालसम्म का सबै एजेन्डा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डा समेत अघि बढाउने भट्टले रातोपाटीलाई बताए ।

शनिबारदेखि शुरु भएको सम्मलेनमा सोमबार राति अबेर मत परिणाम सार्वजनिक भएको हो । 

गोरखाका अध्यक्ष र उपाध्यक्ष
-गोरखामा जन्मिएका भट्टले जापानबाट व्यवसायिक सफलता प्राप्त गरेका हुन् । जापानमा भट्टका दुई सय ९० रेस्टुरेन्ट छन् । 

-उनले नेपालमा सञ्चार, होटल र एयरलाइन्समा पनि लगानी गरेका छन् । उपाध्यक्षमा विजयी पन्त पनि गोरखामा जन्मेका हुन् ।

-उपाध्यक्ष र महासचिवमा विजयी पन्त र केसीले सोही पद दोहोर्याएका हुन् ।

-उपाध्यक्ष  पन्त  जर्मनी र आचार्यले बेलायतमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

-महासचिव केसी रसियामा कार्यरत छन् । महिला उपाध्यक्ष राजभण्डारी वेस्ट एनआरएनबाट सम्मानित पनि हुन् ।

क्षेत्रमा को को भए विजयी ?
युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये,
बेल्जियमका : शिव बरुवाल 
युरोप क्षेत्रीय उपसंयोजक : गोविन्द गौतम र एकराज गिरी 
युरोप क्षेत्रीय महिला संयोजक :  संगीता मरहठ्ठा (बेलायत)

अमेरिका क्षेत्रीय संयोजक : गौरीराज जोशी 
अमेरिका क्षेत्रीय उपसंयोजक : नवीन शेरचन 
क्षेत्रीय महिला उपसंयोजक : संगीता लम्साल शिवाकोटी 

ओशिनिया क्षेत्रीय संयोजक : धर्मराज अधिकारी (अष्ट्रेलिया)
ओशिनिया क्षेत्रीय महिला उपसंयोजक : प्रिती शर्मा 

मध्यपूर्व क्षेत्रीय संयोजक : आरके शर्मा (कतार)
मध्यपूर्व उपक्षेत्रीय उपसंयोजक : गोपाल कँडेल र प्रवीण गुरुङ 
क्षेत्रीय उपसंयोजक : राजकुमार बस्नेत 

एशिया प्रशान्त क्षेत्रीय संयोजक : किरणविक्रम थापा 
एशिया प्रशान्त क्षेत्रीय उपसंयोजक : पारसमणि पोखरेल र विनोद कुँबर 
एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजक : जुनु गुरुङ (दक्षिण कोरिया)

अफ्रिकाको क्षेत्रीय संयोजक : सुनिल कार्की 
उपसंयोजक : डा. भुवन ढकाल र शिव पौडेल 

एनआरएन बारे
-एनआरएन सन् २००३ मा स्थापना भएको हो ।
-एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । 
-समिति अन्तर्गत छ वटा क्षेत्रय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यवस्था छ । 
-सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुकका गैरआवासीय नेपाली सहभागी थिए ।
-एनआरएनएले हालसम्म ७८ मुलुकमा सञ्जाल विस्तार गरिसकेको छ । 
-महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ ।