7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तितोपाटी डट कम - हिन्दु पंचांग अनुसार कार्तिकमा तिहार मानिन्छ। यसपालि लक्ष्मी पूजा कार्तिक २ गतेको दिन परेको छ।

भनिन्छ ,तिहारमा लक्ष्मी माता पृथ्वीको भ्रमण गर्नुहुन्छ र जुन मानिस पापबाट टाढा रहन्छ ,उसको घरमा माताले कृपा गर्नुहुन्छ। लक्ष्मीको स्वागतको लागि सबैको घरमा पालामा बत्तीले उज्ज्यालो पारीन्छ। यहाँ जान्नुहोस लक्ष्मीलाई आकर्षित पार्न कहा-कहाँ दिओ बाल्नु पर्दछ ।

१ . लक्ष्मी पूजाको दिन पिपलको रुखको मुनि एउटा दियो बालेर घर फर्कनुहोस। दियो बाले पछि पछाडी फर्केर नहेर्नुहोस्।

२ . सम्भब छ भने कुनै सुनसान छेत्र स्थित शिव मन्दिरमा शिवलिङ्गमा नजिक दियो बाल्नुहोस्।

३ .दीपावलीको रातमा घरको मुख्य ढोकामा २ ओटा दियो बाल्नुहोस्।

४. घरको आसपास कुनै चौरमा दियो बाल्नु पर्दछ।

५ .लक्ष्मी पूजा जहाँ गरिन्छ त्यहाँ दिओ बाल्नुहोस्। त्यो पालामा यस्तो व्यबस्था गर्नुहोस् जून रातभर बलिरहोस्।

६ .घरको आसपास कुनै मन्दिर छ भने त्यहाँ दियो अब्स्श्य बाल्नुहोस्।

७ . घरको आँगनमा दियो बाल्नुहोस् ध्यान राख्नुहोस कि दियो को बती निभ्न नपाओस र रातभर बल्न्ने व्यबस्था गर्नुहोस्।
एजेन्सी