11 Baishak, 2075 | 24 April, 2018 Tuesday
तीतोपाटी डट कम - निक्कै गर्मीको एक शुक्रवार मैले मिटमी भन्ने एप्लीकेशन डाउनलोड गरें र प्रोफाइल बनाएँ । मैले लेवर क्याम्पमा अन्तर्वार्ता गरेको एकजना कामदारले उसका साथिहरुले यहि एप मार्फत महिला भेट्ने गरेको बताएका थिए ।

मैले सो एपमा बनाएको प्रोफाइलमा म २६ बर्षिया फिलिपिनो नागरिक भएको, भर्खरै दोहा आएको र नयाँ साथि बनाउन ईच्छुक भएको लेखेकी थिएँ । मैले प्रोफइल बनाउने वित्तिकै धेरै पुरुषले सन्देश पठाउन थाले । एकप्रकारले बाढी आएजत्तिकै ।

कति पैसा ? यसरी नै प्रश्न सोध्न थालियो । एउटासँग कुरा थालें । उसले सिधै म विवाह गर्न होइन केवल शारिरीक सम्वन्धका लागि तिमिसँग सम्पर्क गर्दैछु भनेर लेख्यो । अरु केहिले भनें मसँग बेलुकीको खाना खान, आफू बस्ने ठाउँमा संगित सुन्न आउन आग्रह गरे ।

एकजनाले मलाई २ हजार कतारी रियाल दिने बतायो ।

कतारमा विवाह बाहिरको यौन सम्वन्ध अपराध हो । तर यसका वावजुद यो रोकिएको छैन । निश्चित रकम तिरेर यो चलिरहेको छ । यौन व्यवसाय त अझ कतारमा जेल पर्ने अपराध हो । तर पनि रकमको लेनदेनमा यो चलिरहेको छ । कतारको कानूनले यस्तोमा १ बर्षसम्म जेल हाल्ने व्यवस्था गरेको छ ।

मसँगको कुराकानीमा एकजना कतारी वकिलले यस्तो घटनामा पक्राउ परेकाहरुलाई कतारले यथासक्य छिटो स्वदेश फर्काउने गरेको बताए । उनले कुनै पनि गर्भवति महिलालाई जेल हाल्न कतार सरकार ईच्छुक नरहेको धारणा राखे ।

तर यथार्थ यस्तो छैन । कतारमा गर्भवति महिलाहरु जेल परिरहेका छन् । विशेषगरी न्यून आम्दानी हुने महिला कामदार ।

यसरी यौनको मामिलामा फसेका बहुसंख्यक महिलाहरु यहि मिटमि वा यस्तै एप मार्फत शारिरीक सम्वन्धमा पुगेको देखिएको छ । यसले न्यून आम्दानी हुने महिलालाई अझ जोखिममा पारेको छ । केहि रकमको लोभ वा जैविक आवश्यकताले शारिरीक सम्वन्ध राख्ने त्यस्ता महिला गर्भवति भएमा ठूलो संकटमा पर्ने गरेका छन् । प्रसस्त पैसा हुनेहरुका लागि गर्भपतनको अवशर भएपनि न्यून आम्दानी हुने महिलाका लागि यो ठूलो समस्या हो ।

मे महिनामा मैले दुईवटा जेल भ्रमण गरें । मैले कुराकानी गरेका बहुसंख्यक महिला जो शारिरीक सम्वन्धको अभियोगमा जेलमा थिए वा घरफिर्ति केन्द्रमा थिए उनीहरु न्यून आम्दानी हुने काममा संलग्न महिला थिए ।

मैले भेटेकी एक महिला बंगलादेशी पुरुषको गर्भ बोकेर जेल परेकी थिइन् । हाल उनले एक बच्चालाई जन्म दिइसकेकी छिन् । ति बंगलादेशीसँगको एक बर्षको सम्वन्धका क्रममा उनी गर्भवति भएकी थिइन् ।

सुरुमा त सो बंगलादेशी नागरिकले उनलाई माया गर्ने बताउँथ्यो तर जव उनी गर्भवति भईन् सो व्यक्ति उनलाई अलपत्र छोडेर भाग्यो । पछि ति महिलालाई उनको रोजगारदाताले प्रहरीको जिम्मा लगाइदियो ।

म फर्किने बेलामा ति महिलाले एउटा कागजमा फोन नम्वर र नाम लेखेर दिइन् र सो व्यक्तिलाई फोन गरेर आफू र आफ्नो बच्चालाई जेलबाट बाहिर निकाल्न मद्धत गर्न भन्ने आग्रह गरिन् । त्यो त्यहि बंगलादेशी नागरिकको नाम र नम्वर थियो ।

मैले फोन गर्दा सो व्यक्तिले आफू सो घटनामा संलग्न नभएको बतायो । तर मैले बच्चाको डिएनए टेष्ट गर्दा बाबु को हो भन्ने पत्ता लाग्ने बताएपछि उसले अदालतको आदेश पर्खिने बतायो । र, केहि समयपछि उ ति महिलासँग विवाह गर्न र जेलमुक्त गराउन राजि भयो ।

यस्ता घटनाहरुमा बहुसंख्यक घरेलु कामदार संलग्न देखिएका छन् र उनीहरुले आफ्ना पुरुष साथिसँग अनलाइनमा भेटेको भेटियो । शारिरीक सम्वन्ध पश्चात जसै उनीहरु गर्भवति भए, पुरुषहरु भागेको पनि देखियो । त्यसैले त्यस्ता पुरुषहरु जेल परेको वा स्वदेश फर्काइएको घटना कमै छ ।

यो सामग्री दोहा न्यूजमा फिलिपिनो पत्रकार एन. पि. सान्तोषले लेखेकी हुन् ।