8 Jestha, 2075 | 22 May, 2018 Tuesday
आयोजक(ए र बि) सेमिफाइनल प्रवेश
2017-10-15 | तितोपाटी डट कम

बसन्त थापा- नवलपुर युनाइटेड क्लब द्वरा आयोजित प्रथम जिल्ला स्तरीय फुटबल टुर्नामेन्ट को क्वाटर फाइनल को पहिलो खेलमा नवलपुर युनाइटेड (ए) ले एण्टिवाइसी भारी गोल ले पराजित गरेको छ।आयोजक(ए) ले १३ गोल गरेको छ।भने एनटिवाइसी ले १ गोल फर्काएको छ।सेमिफाइनल मा पुर्याउन आयोजक (ए) को तर्फबाट कृष्ण भण्डारी ६ गोल अजय तामाङ २ गोल सुजन माझी २ गोल सोनम तामाङ 2 गोल र दिपक घिसिङ १ गोल गरेका थिए।

त्यस्तै आज भएको अर्को खेलमा आयोजक सि लाई आयोजक बि ले २-० गोलले पराजित गर्दै आयोजक बि पनि
 सेमिफाइनलमा प्रवेश गरेको छ।


भोलि सेमिफाइनल को खेल हुँदै छ।आयोजक क्लबका अध्यक्ष चीन लामाका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र हात पार्नेछन् भने दोस्रो हुनेले १ लाख एक हजार रुपैयाँ, मेडल, कप, प्रमाणपत्र र तेस्रो हुने टीमले ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन्।उक्त टुर्नामेन्ट मा १४ वटा टिम सहभागी भएका थिए।

खेल भने इन्द्रावती -५ स्थित ऐसेलुखर्क मैदान मा भएको थियो।साथै भोलि को सेमिफाइनल को पहिलो खेल नवलपुर युनाइटेड a भर्सेस कमलादेवी युथ क्ल्ब सङग हुने छ।