8 Magh, 2074 | 22 January, 2018 Monday

तीतोपाटी डट कम - कपिलवस्तुको इमिलियामा दशैंको दिनदेखी एक महिला बेपत्ता भएकि छन् । अर्घाखाँची फुदवाङ स्यायी घर भई बुद्धभुमि नगरपालिका वडा न.–९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षकी वसन्ता वि.सि.(केसी) यहि असोज १४ गते (दशैंको टिकाको) दिनदेखि हराएकी हुन ।

बचत समुहबाट लिएको तीन लाख ऋणको बिषयमा सामान्य घरायसी विवाद भएपछि १४ गते साँझ ७ बजेदेखि श्रीमती घरमा नबसेको श्रीमान लाल बहादुर केसीले जानकारी दिए ।

म बिरामी भएको बेला तिन लाख नगदसहित आफुले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान लाल बहादुर के.सी.ले गुनासो गरे ।

उनले भने–“सामान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पना समेत गरेको थिइँन ।” डेढ वर्षदेखी इमिलिया भाडामा बस्दै आएकी उनको श्रमान्ले आफ्नै गाडी चलाउने काम गर्छन ।

उनको ९ वर्षको एक छोरा छ । पहिले पनि घरमा पैसाको विषयमा सामान्य विवाद हुने गरेको श्रीमानले बताए । आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईंलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले बताए ।

सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको भन्दै श्रीमतीलाई खोजीदिन पुलिस प्रशासन, मानव अधिकारवादी, पत्रकारलगायत सबैलाई आग्रह गरेका छन् ।