3 Mangshir, 2074 | 19 November, 2017 Sunday


कविता - चाहना 

बोलाइ रहे अन्तिम सम्म हिम्मत हारिन
 तिमि उठ्ने आशा मैले गर्न छडिन
  तिम्रा आखा टोलाइ रहे मेरै नजर मा
 भन्न के थ्यो अधुरो भो अन्तिम पहर मा

  लेख कस्तो लेखान्त ले लेखि दिएको
  जन्मदा नै मर्ने कागज कोचि दिएको
  तिमि गयौ दुर देश आउदैनौ रे कहिले अब
 बोलाउदै छु आद आउदा महसुस हुन देउ है अब

मेरो हरेक कहानिमा पैलो पात्र बन्दै आयौ
 जानै रैछौ दुरदेश बहकिदै  किन आयौ   
  दुख लाग्छ कैले कहि तिम्रो अभाब मा
  कमि हुन्छ तिमि बिना मेरो स्वभावमा

 सान्ति साति तिम्रै नाम को जपिरहेछु
 तिम्रो आत्मा खुसि रहोस यहि चाहान्छु।।

 रोजिना ढुङाना दमक