3 Mangshir, 2074 | 19 November, 2017 Sunday
गजल - विनोद परिवर्तित
2017-10-04 | तीतोपाटी


गजल
दुश्मन अगाडि राखेँ छेउछाउ मित्र राखेँ ,
शङ्काको केन्द्रविन्दु आफ्नै चरित्र राखेँ ।

स्वार्थी र मतलवीको अनुभव बटुल्न मन छ ।
जति हो इमान सस्तो गोदाम भित्र राखेँ ।

झस्केर आत्तिएँ के "आमाऽऽ !" भनिदिएछु,
साह्रै छुचो यो मुख नि त्यही पल पवित्र राखेँ ।

अरूले शिखर चढेको देखेर दुख्नुपर्छ !
मैले "विनोद" नाम चाहिँ कस्तो विचित्र राखेँ ?

विनोद परिवर्तित