4 Mangshir, 2074 | 20 November, 2017 Monday
गजल - लोकेश संघात
2017-10-04 | तीतोपाटी

गजल
यहि सत्यता रहेछ 'बोल्नेको पीठो बिक्छ' 
चुपचाप बस्नु भन्दा गुमनाम बन्नु ठिक छ 

कपडा सफा बनाउदा खुद मैलिदैछ पानी
सहयोगमा समर्पण एकपल्ट मात्र टिक्छ 

जस्तो कुनै फकिरले खोज्दैन घर कहिल्यै  
त्यस्तै तिमी खोजेनौ दिलसंग को नजिक छ

बद्ल्यो केवल जमाना उस्तै छ अनुभुति चैँ
माया भनौं कि स्वार्थ ? सम्बन्ध आधुनिक छ

संघातको सफरमा बाधक नबन्नू साथी 
बदलाको घाउले घाउ जन्माउन मात्र सिक्छ

लोकेश संघात