7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तितोपाटी डट कम = काठमाडौँमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । लामो समयपछि फेरी भूकम्पको ठूलो धक्का महसुस गरिएको हो ।केहिबेर अघि बिहानको करिब २ बजेर ५ मिनेट जाँदा भुइँचालोको कडा धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्रका अनुसार गएको धक्का ३.७ म्याग्निच्युडको रहेको र सो भूकम्पको केन्द्रविन्दु काठमाडौँनै रहेकोले कडा धक्का महसुस गरिएको हो ।केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको भूकम्पकोको परकम्पन हो  । विसं २०७२ साल बैशाख १२ गतेको बिनासकारी गोरखा भुकम्प गएपछि पराकम्प आउने क्रम अहिले पनि रोकिएको छैन ।