4 Mangshir, 2074 | 20 November, 2017 Monday
तोयानाथ उपेक्षित- 

     
       एमाले र माओवादी बीचको एकताको किन र कसरी हुँदैछ भनेर विभिन्न कोणबाट अडकलबाजी र हल्लाहरु शुरु भएका छन । यो किन पनि स्वभाविक छ भने दुई दिन अघिसम्म नेपाली कांग्रेससँगको सहकार्य कायम रहन्छ भन्ने एमाओवादी नेता प्रचण्ड, दुई दिन पछि कसरी एमालेसँग पार्टी समेत एकता गर्ने सम्मको तहमा पुगे भनेर सबैलाई अचम्म भईरहेको छ । 

      एक साता पनि बितेको छैन माओवादीका प्रभावशाली नेता अनन्त अर्थात बर्षमान पुनले एमालेसँग चुनावी एकता भन्दा पार्टी एकता गरे राम्रो हुने भनेर दिएको अभिव्याक्तिलाई व्यंग्यका रुपमा अधिकांसले बुझेका थिए तर त्यो व्यंग नभएर भित्रभित्रै भईरहेको घनिभूत प्रयासको अभिव्याक्ति रहेछ भनेर अहिले बुझ्न थालेका छन । तर यो एकताको प्रयास के बास्तविक भावनासँग गासिएको छ की रणनैतिक चुनावी चालबाजी हो भनेर धेरैको मनमा खेलीरहेको प्रश्न भने अवश्य नजायज छैनन । शंका दुर गर्ने काम पनि अब नेतृत्वको हातमा छ । दुवै पार्टीका धेरै कार्यकर्ताहरु स्वयम यो एकता प्रयासलाई विश्वास गर्न सकिरहेका छैनन । 

      राजपाको पनि यस्तै अप्रत्याशित लाग्ने एकता केही महिना पहिले देखिएको थियो । त्यस भन्दा पहिले राप्रपाको एकता पनि जसरी भयो त्यसरी नै नराम्रो गरेर टुक्रियो । पार्टी एकता बलियो हुन कार्यकर्ता तहमा पनि एकताको प्रयास भएको हुनपर्दछ । टाउको मात्र मिलेर भएको एकतालाई तलै सम्म मिलाउन त्यति सजिलो हुन्न । यसो त पार्टी एकता भईनसकेको तर एकता गर्ने कुरामा सैद्धान्तिक सहमति मात्र भएको अहिलेको अवस्था हो । फेरी पनि दुई दल आपसमा एक अर्काका कटु आलोचक थिए । त्यसमा पनि केपी ओली कै पालामा एकता भईहाल्छ भन्ने विश्वास केही साता अघिसम्म सोच्नै नसकिने विषय आज एकाएक कसरी ? यहि सवाल अहिलेको अहम महत्वको छ । 

        स्थानिय निर्वाचनको परिणामलाई सबैले महत्वका साथ हिसाव किताव नगरेको अवस्थामा ओभर नाईटको सहमति भनेर जादु झै मान्नु स्वभाविक छ तर नेताहरुको गणितले देखाएको के हो भने आज यो एकता नहुने हो भने एमाले र कांग्रेसको भविश्य कतै पनि सुखद देखिन्न । दुबैमा बाडिएका जनमतको फाईदा कांग्रेसले लिने निश्चित थियो । तराईमा सवै भन्दा धेरै सिट छ जहाँ फोरम र राजपा मिलेपछि एमाओवादी र एमालेलाई धेरै नोक्सानी हुने थियो । आगामी निर्वाचनको परिणाम आन्तरिक राजनितीका लागि जुन रुपमा महत्वपूर्ण छ त्यो भन्दा कयौगुणा यसले नेपालको दिर्घकालिन हित र अहितको सवाल गासिएको नेताहरुले राम्ररी बुझेको कुरा हो । 

       दुई ठुला छिमेकीले नेपाललाई कसको नजिकमा पार्ने भनेर भईरहेको खेल यो एकताको मुख्य कडि हो । भारतको हार र चिनको जितका रुपमा पनि यसलाई लिनेको कमै छैन । यो कुरा पनि एक हिसावले सहि छ । भारतीय हेपाहा प्रबृति र नेपालमा गर्न खोज्ने माईक्रो मेनेजमेन्टको प्रयास तोड्न एमाले र माओवादी एकै ठाउँमा उभिनुको विकल्पै थिएन । विगतमा केपी सरकारले माओवादीलाई सेभ गर्ने भन्दा पनि अप्ठयारोमा परेपरोस भन्ने हिसावले चलेको कारण एमाले माओवादी समिकरण भत्किएर कांग्रेससँग जोडिन पुगेको हुँदै हो । त्यसले पनि नेपाली सार्वभौमिकताको सवालमा निक्कै चोट पुर्याउने काम भयो । माओवादीलाई घेराबन्दी गरेर भारतले अप्ठ्यारो पारेको वेला एमालेले त्यसलाई गंभिरतापूर्वक नलिएको कारण कांग्रेससँग माओवादी बाध्यताले गएको थियो । अहिले यो कुरा एमालेले राम्ररी महसुस गरेको प्रमाण यो एकता प्रयास हो । जब माओवादी र कांग्रेसले समिकरण बनाए तव भारत खुशी भयो र माओवादीको विरुद्ध मौन बस्यो । अहिले आएर एमाले र माओवादीले एकता नै गर्ने भए पछि अब भारत के गर्ला भन्ने सनसनीपूर्ण बहस भित्री रुपमा शुरु भएको छ । भारत यति बेला धेरै दुःखी हुन पर्दछ । भुतपूर्व प्रधानमन्त्री तथा एउटा ठुलो दलको नेता केपी ओलीलाई समेत नभेटि जाने भारतिय परराष्ट्रमन्त्री सुस्मा स्वराजलाई केपी ओलीको यो बलिदानीपूर्ण निर्णयले निक्कै पिरोलेको हुनपर्छ । हिजो प्रचण्ड बाध्यताले भारतकै सुझावमा कांग्रेससँग मिलेका थिए । बास्तवमा उनी पनि उत्तरपन्थ नै हुन । मनले त उनी पनि खुशी थिएनन भन्ने अहिलेको एकता प्रयासले पनि सिद्ध गर्दछ । 

         ओलीधार उत्तर नै हो ढल्कने । यसका लागि प्रचण्डको सहमति भएकै हुन पर्दछ । प्रचण्डलाई र सिंगो माओवादीलाई भारतबाट फसाउन खोज्ने कामको विरोध पनि हुन जरुरी छ । यो एकता प्रयास यसैले पनि अर्थपूर्ण छ । उसले खतरनाक चाल चल्न सक्दछ र यसको लागि कांग्रेस त्यसको गोटी बनेर अघि आउने छ । कांग्रेसलाई आफ्नो राजनैतिक अस्तित्वका लागि त्यस्तो जुनसुकै कदम बाध्यात्मक बन्न सक्छ । अब आउने चुनौति र खतरालाई भर्खरै भएको एकताका पक्षधर कार्यकर्ताले हिजोको तितो मुख लिएर होईन देशको हितका लागि खोकलेर सफा पार्न जरुरी छ । मिठा कुरा गर्न सक्नु पर्दछ । एकताको संदेश हो, संधैको लागि दक्षिणको नाकाबन्दी हार्दैछ, अर्को सन्देश हो उत्तरको संबृद्धी नेपालमा पस्ने छ । बास्तबमा प्रचण्डले भने झै यो एकता राष्ट्रिय आवश्यकता हो । यसरी नै केपी ओलीले निन्द्रा लाग्ने गोली धेरै विक्ने भए भनेर अनैतिक कार्य गर्ने प्रयास हुनेछन त्यसका लागि धेरै एजेन्ट र मतियार सुत्दैनन, चनाखो हुनु भन्न खोजिएको हो । सबैले बुझ्न जरुरी छ । अब दुई तिहाई भोट आओस र एकलौटी सरकार बनोस भनेर शुभकामना दिनु देशहितमा बोलेको ठर्हछ । 

          बाम एकता हुनु र त्यसलाई समर्थन गर्नु कांग्रेसलाई भाडमा जा भन्ने अर्थ होईन । देशले अब स्थिर सरकार पाउला र देश विकाश र सबृदी होला भन्ने हो । कमजोर शक्तिलाई अर्काले उपयोग गर्दछ, कांग्रेसलाई दक्षिणको छिमेकीले प्रयोग गरेर यो एकता बिचैमा तुहाउने प्रयास पनि हुन सक्दछ यसर्थ अब हिजो मिल्न सक्ने बाटो नराखि झगडा गर्ने एमाले, माओवादी र नयाँशक्तिको कार्यकर्ताहरुले आफ्ना आग्रह वा पूर्वाग्रहलाई गौण र देशको हितलाई सर्वोपरी मान्दै समर्थन गर्न सक्नु पर्दछ जसले सक्दैन आखिर उ आफै राजनितीमा सकिने हो । 

        एमाले र माओवादी एकतालाई टिकाउने र भत्कन नदिने खबरदारी सबैबाट भयो भने बल्ल अनि बन्ने छ नयाँ नेपाल । सबृद्ध नेपाल । यो आशा मरे देशमा धेरै ठुलो विपत्ति देख्न पर्ने हुन सक्दछ । सबैले गंभिरतापूर्वक लिन जरुरी छ । नेपालमा दुनियाका धेरै शक्तिको रणनैतिक, धार्मिक, सामरिक र जातिय विद्धेषयुक्त खेलहरु मन्चन हुनेवाला छन । यो गठबन्धनको भविश्यमा तीनको हैसियत र विकाश भर पर्दछ । चुनावी एकता हुदै पाटी एकता सवल बनोस सबैलाई शुभकामना ।