4 Mangshir, 2074 | 20 November, 2017 Monday
तोयानाथ  उपेक्षित - गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मध्यक्षेत्रिय उपसंयोजकमा कुवेतलाई कर्मथलो बनाएर लामो समय देखि एनसीसी तथा आईसीसी मा काम गर्दै आएका सुजन केसीले आफ्नो उमेद्धारी घोषणा गरेका छन । 

उनी एनसीसी कुवेतको सस्थापक पनि हुन । यसरी नै एनसीसी को सचिव तथा आईसीसी सदस्य मा दुई कार्यकाल रहेर कार्य गरिसकेका छन । केसी नेपाल पत्रकार महाँसघ कुवेत शाखाको पनि सस्थापक अध्यक्ष थिए । यसरी नै उनी कोसेली समुहको प्रबन्ध निर्देशक एव सस्थापक हुन । यसरी नै कुवेतमा साँस्कृतिक सस्था को स्थापना गरेर कलाकारहरु संगठित गर्ने काम को शुरुवात उनैले गरेका थिए । 

कुवेतका हरेक सामाजिक सँघसस्थासँग उनको आत्मिय सम्बन्ध रहदै आएको छ । कुनै पनि जातिय, क्षेत्रिय वा राजनैतिक दल विशेष सँग समेत उनको सम्बन्ध समन्वयकारी र सदभावपूर्ण रहदै आएको छ । जुनसुकै सँस्था आयोजक भए पनि केसी तिनीहरुको मुख्य सहयोगी हुनपुग्ने व्यात्तित्व हुन । केसीको यहि विशेषताका कारण मध्यक्षेत्रिय उपसंयोजकमा दिएको उमेद्धारीमा कुवेत एक ढिक्का देखिन्छ । केसीको जीत निकाल्न मध्यपूर्वका अन्य मुलुकहरुले पनि समर्थन दिनेमा उनी तथा कुवेतको एनसीसी विश्वस्त छ ।   

हिँजो पत्रकारहरु विच केसीले आफ्ना विचारहरु राख्दै उमेद्धारी घोषणा गरिरहदा कुवेतको एनसीसी एक ढिक्का भएर उपस्थिती जनाएको थियो । एनसीसी महासचिव ले पत्रकार संम्मेलन को संञ्चालन गरेका थिए भने एनसीसी अध्यक्ष अर्जुन तामांग तथा आईसीसी सदस्य अमित राई लगायतले शुभकामना एवं बद्याई दिएका थिए । कुवेतको मालिया स्थित चौतारी रेष्टुरेन्टमा साँझ ५ बजे उनको पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा उनले गर्ने काम को खाका र प्रतिवद्धता पत्र पत्रकारहरुलाई वितरण गरिएको थियो ।