4 Mangshir, 2074 | 20 November, 2017 Monday

तीतोपाटी डट कम - काठमाडौं जेसिस्द्वारा आयोजित ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’को उपाधि सन्जु मोक्तानले जितेकी छन् ।


राजधानीमा आयोजित एक कार्यक्रममा २६ प्रतियोगीलाई पछि पर्दे उनले ताज लगाएकी हुन् । 


कार्यक्रममा मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप चुनिए । युवतीलाई हौसला र आत्मविश्वास प्रदान गर्दै आयोजना हँुदै आएको प्रतियोगिताका सबै बिजेताले बिभिन्न पुरस्कार समेत प्राप्त गरे ।