4 Mangshir, 2074 | 20 November, 2017 Monday


जीवन के हो ? विमोचन ।

काठमाण्डौ ,कास ,आज मिती 2074/06/07 का दिन  राष्ट्रकवि माधव प्रसाद घिमिरे ज्यूको 99 औं जन्मोत्सवमा उहाँको निवास लैनचौरमा  उहाँकै हातबाट 16 बर्षे यूवाकवि विनिष गिरीको कविता संग्रह " जीवन के हो ? "विमोचन भएको छ ।
आइ कहिल्यै पनि नसकिने चैत बैशाख मेरा ,
लाइ कहिल्यै पनि नसकिने प्रित नौलाख मेरा 
यस्ता कविता र ऋतुहरूमा तिमी हरियाली बसन्त हौ ,नदीहरूमा तिमी पवित्र गंगा हौ । 
जति सुने पनि सुनी रहुँझैं लाग्ने यस्ता सृजनाका सर्जकको घर आँगनमा उहाँकै मुखबाट प्रत्यक्ष सुन्दै पुस्तक विमोचन हुदा रमाइलो भयो बातावरण।
प्रमुख अतिथि राष्ट्रकवि माधव प्रसाद घिमिरे ,प्रा.डा.कृष्णप्रसाद दाहालको सभापतित्वमा र अतिथीहरू वरिष्ठ पत्रकार बिष्णु निष्ठुरी, मन्जु पोखरेल, अन्जना पौडेल,यादव गर्तौला,कमल प्रसाद न्यौपाने,हिरा परियार,अनिता यात्री ,लेखकका आमा बुबा,रहनु भएको थियो ।

गोकुल लिम्वुले शुभकामना गीत सहित संचालन गर्नु भएको उक्त कार्यक्रमको स्वागत  विनिषका दाजु मनिस गिरीले गर्नु भएको थियो । कवि यादव गर्तौलाले कबिताको बारेमा बोल्नु भएको थियो भने कवि अन्जना पौडेलले सर्जकको कविता बाचन सहित पाठकिय टिप्पणी गर्नु भएको थियो । 
कविका बुवा बासुदेव गिरीले भाव विभोर हुने गरि आफ्ना छोराका लागि जन्मेदेखि आजसम्मका आफ्ना कर्तव्य र आज छोराले आफूलाइ नै यति सानो उमेरमा कृति दिएकोले आफू धन्य भएको भन्नुहुदा सबैका आँखा रसाए ।
सभापति प्रा.डा.कृष्ण प्रसाद  दाहालले समापनमा माधव घिमिरेसंगै गीत गाउनु हुँदा छोडेर नहिडु झैं भएको थियो । राष्ट्रकविज्यूले तपाइहरू रमाइलोनगर्नुस् म बूढो उठे भन्नु भए पछि झन् रमाइलो भयो।कवि  विनिसलाइ हार्दिक बधाइ अनि कृति सफलताको हार्दिक शुभकामना !!!