3 Mangshir, 2074 | 19 November, 2017 Sunday

तीतोपाटी डट कम – हाम्रो संस्कृती हाम्रो परम्परा” भन्ने मूल नाराका साथ सन २०१० मा गठित लालीगुराँस साँस्कृतिक परिवारको ११ अाैं प्रस्तुतिको रूपमा रहेको कार्यक्रम "दसैं अायो हंगामा २०१७" कै दिनमा भएको ७ अाैं वार्षिक उत्सव तथा तेश्रो अधिवेशनबाट लालीगुराँस साँस्कृतिक परिवारका निवर्तमान उपाध्यक्ष माधव पाैडेल"असल यात्री" को अध्यक्षतामा संरक्षक, सल्लाहकार सहित ३२ सदस्यीय नया कार्य समिति सहित गठन गर्दै हिजो खैतानस्थित राजधानी होटेलको सभाहलमा एक समारोहका बिच भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशन समारोहमा निवर्तमान अध्यक्षबाट नव निर्वाचित अध्यक्षलाई सपथ खुवाउने र नव निर्वाचित अध्यक्षले नया कार्य समितिका पदाधिकारीहरुलाई सपथ खुवाउदै अाफ्नो जिम्मेवारीलाई इमानदारीताका साथ पुरा गर्ने सकंल्प गर्दै सम्पुर्ण कृयासिल संघ सँस्थासंग हातेमालो गर्दै अगाडि बढ्ने धाराण राखेका थिए

 

सँस्थाका निवर्तमान अध्यक्ष डि बि लोप्चनको सभापतित्व र नेपाली राजदूतावासकी काउन्सिलर विन्दिराशंकर जोशीको प्रमुख आतिथ्यता एवं नेपाली दुतावासको प्रथम सचिव भोगेन्द्र लिङ्देन, एनआरएनए कुबेतका अध्यक्ष अर्जुन तामाङको  बिशेष आतिथ्यता कुवेतस्थित बिभिन्न नेपाली संघ-सँस्थाका प्रतिनिधिहरुको आतिथ्यताका विच कला र संस्कृतिप्रेमी दर्शकहरुले भरिएको हलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि  जोशीले दिप प्रज्वलन गरि हिन्दू जागरण कुवेतको अध्यक्ष टिका राम आचार्यको मन्त्रोच्चारण सहित नवदुर्गा भवानीको पुजा अर्चना गरी पन्चेबाजाको साथमा कार्यक्रमको उद्घाटन गरिएको थियो भने कार्यक्रमको थप अ।कर्षणको रूपमा कुवेतमा पहिलो पटक राष्ट्रिय गान नबजार्इ राष्ट्र प्रति समर्पित भर्इ बाल कलाकार दिदी बहिनीहरू अनिसा लोप्चानले राष्ट्रिय गान गाएको र डिबिसा लोप्चनले नेपालको झण्डा हल्लाउँदै बिना संगित राष्ट्रिय गान प्रस्तुत गरिएको दृष्य हेर्न लायक, रोमाञ्चक र मनमोहक थियो ।

 

औपचारिक कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथी जोशी ले बिजया दशमीको अग्रिम शुभकामना दिदै प्रवासको भूमिमा नेपालकै झल्को दिने गरि पन्चे बाजा भित्र्याएर नेपाली कला सस्कृति परम्परा जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकको तारिफ गरेकी थिइन् भने नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देन, एन आर एन ए अध्यक्ष अर्जुन तामांग, पुर्व अध्यक्ष, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने लगयातले शुभ कामना मन्तब्य दिएका थिए ।

 

निवर्तमान उपाध्यक्ष माधव पाैडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमलाई भब्य र सभ्य बनाउनको लागि लालीगुराँसका कलाकारहरु बि बि मल्ल, राजेन्द्र बिरही, डि बि लोप्चान, बाल कलाकार अनिसा लोप्चन, कुवेतका डान्स स्टार सुनिल परियारको रोबर्ट डान्स को साथ साथै लालीगुरासका कलाकारहरु मधु रेशमि मगर, हिमाल लामा, मुक्त बहादुर बि क, सुनिता खत्री, सोनी गुरुङ, रिना श्रेष्ठ, कुमार तामाङ, रमेश तामाङ, प्रदिप अाशिकी, राजु थापा लगायतले अाफ्नो कला प्रस्तुत गरेका थिए भने माैलिक पञ्चेवाजाले कार्यक्रम हल गुञ्जायमान भएको थियो ।

 

सँस्थाले संरक्षकहरू बि बि मल्ल ठकुरी, राजेन्द्र बिरही, अाश्मा राई, मनोज काफ्ले, अरुण लिम्बु, सल्लाहकारहरु अमित चाम्लिङ, सुरेश ग्यावा तामाङ तथा सबै पुराना कलाकारहरू र पहिलो उद्घोषक इन्द्र भुसाल, हास्य कलाकार युवराज घिमिरेलार्इ सम्मान गरेको थियो भने कार्यक्रममा कुवेतमा कृयाशिल रहेका ७ वटै मिडिया पार्टनरहरू समेत सम्मानित भएका थिए । उक्त कार्यक्रममा कुवेतमा रहेका बिभिन्न नेपाली संघ संस्था साथै व्यक्ति बिशेषले कार्यक्रम सफल पर्न आर्थिक सहयोग समेत गरेका थिए ।  

उक्त कार्यक्रमको समापन गर्दै सभापति डीबी लोप्चनले कार्यक्रम एकदमै शान्त बाताबरणमा चलेर सम्पन्न भएको उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरु सबैलाई बिशेष धन्यवाद दिएका थिए

सल्लाहकार प्रेम कटवालको स्वागत एनआरएनए एनसीसी कुवेतको आईसिसी कोर्डिनेटर अमित राई र कलाकर सुरेश ग्याबा तमाङको संयुक्त सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

लालीगुराँस साँस्कृतिक परिवारको नवगठित कार्य समिति यस प्रकार रहेको छ ।

संरक्षकहरू

बि बि मल्ल

राजेन्द्र बिरही

अरूण लिम्बु

अाश्मा रार्इ

मनोज काफ्ले

डि बि लोप्चन

बरिष्ठ सल्लाहकार

अमित रार्इ

सल्लाहकारहरू

शुरेस ग्याबा तामाङ

प्रेम कटवाल

कार्य समिति

अध्यक्षः माधव पाैडेल

उपाध्यक्षः मुक्त बहादुर बि.क.

महिला उपध्यक्षः ललिता मगर

महासचिवः यादब रास्कोटी मगर

सचिवः भोलानानथ पाण्डे

कोषाध्यक्षः डि बि भुसाल

सह-कोषाध्यक्षः हिमाल लामा

सदस्यहरू

ललित बहादुर बि.क.

मधु रेश्मी मगर

सपना मगर

इन्द्र मगर

कुमार तामाङ

रमेश तामाङ

सुरज बि.क.

बिष्णु बि.क.

बिष्णु सिलवाल

रवि परियार

नसिव रयान

पुर्ण रास्कोटी मागर

मानविर भुल

कुमारी रार्इ

खेम शाही ठकुरी

गुप्त गैर