11 Baishak, 2075 | 24 April, 2018 Tuesday
तीतोपाटी डट कम - डेविड मीङ, जसले दावी गरेका थिए की शनिवार अर्थात आज यो संसार समाप्त हुन थाल्नेछ । उनले भनेका थिए की एउटा रहस्यमय ग्रहले धर्तिमा ठक्कर दिनेछ । अहिले उनी यो अकास्मात गरिएको दावीबाट घुमाउरो पाराले पछि हटेका छन । 

मीङे ले अहिले भनेका छन कि संसार २३ सेप्टेम्बरको दिन समाप्त नभएर यो दिन बाट समाप्तीको शुरुवात हुनेछ यसो हुनका लागि कयौ साता लाग्नेछ । उनले उल्लेख गरेको मितीलाई श्रृखलाबद्ध घटनाको शुरुवाती तिथी भन्न थालेका छन । 

उनले भने संसार को विनाश हुदैछैन तर यो संसार लाई हामीले जसरी जानेका छौ त्यो भने खतम हुदैछ उनले वासिनटन पोष्टलाई भने । संसारको एउटा प्रमुख हिस्सा अक्टुवर को शुरुवात सँगै हुने छैन । 

मीङ ले उनको भविश्यवाणी लाई बाईबलको छंद र संख्यात्मक कोड मा आधारित भएको र आफूले त्यसैको गणनाबाट लिएको भनेका छन । विशेष रुपमा यो रहस्योदघाटन बुक अफ रीव्युलेशन मा उनले भने आजभोली का दिनका घटनाहरु जस्तो सौर्य ग्रहण, तुफान ईमा, र हार्वे, निकट भविश्यसँग सम्बन्धीत छ । 

मीड को अनुसार महत्वपूर्ण संख्या ३३ के हो ?
यीशु ३३ साल सम्म रहेका थिए यहुदि को लागि ईश्वरको नाम एलोहीम बाईबल मा उल्लेख गरेको थियो उनले भने । यो बाईबलसँग सम्बन्धित बहुत महत्वपूर्ण संख्या हो । म खगोल विज्ञान सँग कुरा गरिरहेको छु  । म बाईबल को कुरा गरिरहेको छु । र यी दुवैको विलय गरिरहेको छु । 


मीड ले तथाकथित ग्रह एक्स सँग आफ्नो सिद्धान्त पनि बनाएका छन । जसलाई नविरु को नाम ले जानिन्छ । यसको मतलब यो हो की २३ सेप्टेम्बर को उत्तराधिकारी हुनेछ । जसको कारण ज्वालामुखि विस्पोट, सुनामी र ठुला भुकम्पहरु हुनेछन । 

ईसाई धर्म को रोमन कैथोलिक र प्रोटेस्टेन्ट शाखाहरुले पनि मीड ले गरेको भविश्यवाणीलाई अस्वीकार गरेका छन । व्हेटज कालेज का कार्यकारी निर्देशक एड स्टोटजर ले शुक्रवार मिड को सिद्धान्तको निन्दा गर्दै भनेका छन यो नक्कली समाचार हो । उनले भने यो सिर्फ नक्कली समाचार हो । तर अधिक ईसाईहरु २३ सेप्टेम्बर संसार खत्म हुने भनाईमा विश्वास गर्दथे । हामीले बुझ्न पर्दछ की ईसाई धर्म आज लेखिएको थियो । हामी सवै ले हरेक समाचारको बारेमा सोच्न जरुरी हुन्छ । 
-फक्स न्युज