10 Falgun, 2074 | 22 February, 2018 Thursday
तीतोपाटी डट कम - चलचित्र ‘जुली २’बाट एक हट सुन्दरी बलिउडमा भित्रदै छिन् । उनको नाम, ‘राइ लक्ष्मी’ हो । हुनत, उनका लागि ‘जुली २’ नै पहिलो अनुभव भने होइन । उनले ६० भन्दा बढी साउथका चलचित्रमा काम गरेकी छिन् ।


तर, ‘जुली २’का लागि उनले आफ्नो तौल साढे ७ केजी घटाएपछि उनलाइ धेरै साउथ चलचित्रबाट हाट झिक्नु परेको छ । उनको अहिले ‘विकिनी शरीर’ भएको छ ।
उनी साउथमा निकै पपुलर छिन् । ‘राइ लक्ष्मी वा लक्ष्मी’, उनलाइ साउथमा यस्तै नामले चिनिन्छ ।


साउथ चलचित्रमा १२ बर्षको अनुभव बटुलेकी यी सुन्दरीले बलिउड यात्रामा प्रवेश गरेपछि आफ्नो जिम्मेवारी झनै बढेको बताइन् । राइ लक्ष्मीको प्रेम सम्बन्ध भारतीय क्रिकेटका चर्चित खेलाडी एम.एस धोनीसँग पनि थियो । उनीहरु ५ बर्ष प्रेम सम्बन्धमा थिए ।

उनले धोनीसँगको प्रेम सम्बन्धले आफ्नो करिअरमा कुनै असर नपरेको बताइन् । तर, प्रेम सम्बन्ध टुटेपछि पनि यो लामो समयसम्म हेडलाइनमा रहेको उनको भनाइ छ । उनले धोनीलाइ खेलकुदमा रहर लाग्ने भएकाले भेटेको पनि बताएकी छिन् । ‘जुली २’बाट बलिउडमा अगाडि बढ्ने उनको सोच छ । यो चलचित्रमा उनले निकै हट दृश्य दिएकी छिन् ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ