7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाट ी डट कम - नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत दिपा तामाङको नयाँ म्युजिक भिडियो ‘सम्बन्ध यो टुटेपछि..’गीतको भिडियो सार्वजनिक भएको छ ।


दिपा र महेन्द्र राईको एल्बम ‘पर्खाइ’मा रहेको यो गीतको भिडियो भने चार वर्षपछि सार्वजनिक भएको हो । यस गितलार्इ बुढासुब्बा म्यूजिक मार्फत बजारमा अाएको हो ।

बुद्ध सायमीको शब्द, संगीत र एरेञ्ज रहेको गीतको भिडियोमा डम्बर क्षेत्री, कल्पना पोख्रेल र बन्दना थापाको अभिनय छ । अमेरिकाको मेचिगन सिटी बस्दै आएका मोडल डम्बर क्षेत्रीकै निर्देशन रहेको यो भिडियो अमेरिकामै छायाँकन भएको हो ।