7 Mangshir, 2074 | 23 November, 2017 Thursday
बोल्ड एण्ड ब्युटी अाँचल
2017-09-13 | तीतोपाटी डट कम

तीतोपाटी डट कम - "नाइ नभन्नु ल ४" बाट डेब्यु गरेकी नायिका अाँचल शर्मा बोल्ड एण्ड ब्यटी का रूपमा ग्ल्यामरको दुनियामा देखिएको धेरै भएको छैन ।

बोल्ड एन्ड ब्यूटी आँचल महिला, पुरुष जत्तीको खुल्न नमिल्ने बताउँछिन् । महिलाको गहना नै ‘लाज’ भएको बताउने आँचल आफूलाइ नायिकाको खुलेका तस्बिर हेर्दा लाज लाग्ने बताउँछिन् ।


उनले नायक पल शाह र नायक अनमोल केसी दुबै स्टार भएको बताइन् । उनले भनिन्-‘अनमोल र पलमध्ये एक जनासँग काम गर्न पाए म पलसँग नै गर्छु ।’नायक पल शाहसँगको प्रेम चर्चाका कारण पनि उनी चर्चित छिन् ।


सफलताको स्वाद चाख्न आँचल व्यग्र प्रतिक्षामा छिन् । पहिलो चलचित्र ‘नाइ नभन्नु ल ४’बाट खासै क्रेडिट नपाएकी आँचलले दोश्रो चलचित्र ‘जोनी जेन्टलम्यान’बाट भने सफलता पाउनेमा ढुक्क छिन् ।

भदौ ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा आँचल ‘श्री’को भूमिकामा देखिएकी छिन् । चलचित्रको प्रचारका लागि उनी अहिले मोफसल दौडमा छिन् ।