7 Mangshir, 2074 | 23 November, 2017 Thursday
नारायण पोख्रेल - भूगोलको हिसाबले कुवेत आफैमा एउटा सानो देश भएता पनि यसले खासगरी एसियाली मुलुकका धेरै मानिसलाई रोजगारीका अवसर दिन सकेको छ I तेलको उत्खनन सुरु हुने बेलादेखि नेपालीहरुको आगमन भएता पनि संख्याको हिसाबले यो निक्कै पातलो थियो I जब इराक संगको तनाव साम्य भएपछि कुवेतले देश निर्माणमा निक्कै ठुलो फड्को मार्दै गयो तब असिमित रोजगारका अबसरहरु पैदा भए र नेपाली हरुको आगमनमा पनि त्यसै अनुरुप बृद्धि हुदै गयो र यो क्रम जारी नै छ I पछिल्लो पटक तेलको मुल्यमा केहि गिरावट आएर यसले अर्थतन्त्रमा केहि प्रभाब परिरहेको अबस्थामा समेत  नेपालीहरुको आगमनमा खासै कमि आएको देखिदैन किनभने अधिकांस नेपालीहरु मेहेनती र इमान्दार हुन्छन साथै अन्य देशको तुलनामा कम तलब खाने हुन्छन I यसरी आजको दिनमा कुवेतमा लिगल वोर्क परमिट र इल्लिगल गरि ७०/८० हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान लगाउन सकिन्छ I मानिसहरु जहाँ भएपनि उनीहरुले आफ्नो संस्कार र संस्कृतिलाइ मायाँ गर्नु मानबिय स्वभाव हो । यसको लागी उसलाई समाजको आबस्यकता हुन्छ तसर्थ यसैको परिपूर्तिको लागि विभिन्न खाले राजनीतिक देखि क्षेत्रगत ,जात बिशेष र  सामाजिक संघ ,संस्थाहरु खोलिएका छन जुन सकारात्मक कुरा हो I  

 यसरी निर्माण भएका करिब ६५ संस्थाहरुमा करिब २/३ हजार मानिसहरु प्रत्क्ष्य परोक्ष रुपमा जोडिएका छन I यस्ता संस्थाहरु संग संग्लग्न नभएका मानिसहरु मध्ये कतिपय यहाको हकमा विशेषगरी राजनीतिक तथा अन्य संस्था समेत आबस्यक नभएको एकोहोरो तर्क अथवा हमेसा बिरोध गरेर बसेका हुन्छन भने अर्का थरि अरुबेलामा बेखबर हुने तर आफुलाई आबस्यक भएको बेला यिनै संस्थाहरुलाई खोज्दै हिड्ने गर्दछन I संघ संस्था खोल्नेहरू सबैले सत प्रतिशत राम्रो काम गरेका छन या बिरोध गर्नेहरु पनि सत प्रतिशत नकारात्मक हुन भन्न अबस्य गाह्रो हुन्छ । समग्रमा यति भन्न सकिन्छ हामी सामाजिक प्राणी भएकाले र बिदेशी भूमिमा भएकाले पनि कुनै न कुनै रुपले एउटा समुहमा आबद्ध हुनु  राम्रो कुरा हो जसले हामीलाई फाइदा पुगेको हुन्छ  I 

यसरी खुलेका हरेक संघ संस्थाले कुवेतमा दुःख पिर मर्कामा परेका नेपाली हरुलाई उद्दार र सहयोग गर्ने देखि नेपालमा आइपरेका हरेक जसो आपत बिपतहरुमा समेत एथेष्ट सहयोग गरेकै छन जसको श्रोत उनीहरुको आफ्नै गास काटेर बनेको हुन्छ I यो नितान्त परोपकार र साचो समाज सेवा हो । पंक्तिकारले उठाउन खोजेको कुरा के मात्र हो भने हरेकजसो हप्तामा आयोजना हुने नेपाली कार्यक्रमको वर्तमान अवस्था र सकारात्मक सुधारको प्रयत्न I

कार्यक्रममा हुने कमीकमजोरीहरु कस्ता छन त ?
कार्यक्रम आयोजना 
हामी नेपाली हरु आफ्नै ब्यपहार गरौँ , सानोतिनो या ठुलै जागिर हामी सबै अबसरको खोजीमा अर्काको देशमा आएका हौँ I एक हप्तामा ६ दिन काम गरेपछि एक दिन आराम मिल्ने गर्दछ त्यसै दिन हामीहरुले हप्ता भरि गर्न नभ्याएका व्यक्तिगत कामहरु भ्याउनुपर्छ । त्यसैगरी मानविय जिबनमा आरामको पनि आबस्यकता हुन्छ तर प्रायः हरेक हप्ता कुनै न कुनै संस्थाको कार्यक्रम आयोजना भएको हुन्छ I कुनैपनि कार्यक्रम आयोजना गर्नु सानोतिनो कुरा अबस्य हैन किनकी एकातिर अर्थिक पाटो छ भने अर्कोतर्फ समयको अभाव यसको बाबजुत पनि संघ संस्थाहरुले एउटा कार्यक्रम आयोजना गर्दा कमसेकम ७० /८० पत्र लेखेर सबैको हातमा पुर्याउनु भनेको सानो कुरा पक्कै हैन I कार्यक्रमको समय तालिका पत्रमा लेखिएको हुन्छ तर कुनैपनि कार्यक्रम समय भन्दा २/३ घण्टा पछि मात्र सुरु भएका हुन्छन I कतिपय आमन्त्रितहरु सुचित गरिएको समय या त्योभन्दा पहिला पुगेका हुन्छन भने कतिपय कार्यक्रम सुरु भैसकेपछि I समय निक्कै महत्वपूर्ण र मुल्यवान हुन्छ भन्ने कुराको ज्ञान सबैमा हुदाहुदै पनि यसको दुरुपयोग भएको अवस्था छ I

कार्यक्रम सञ्चालन र अतिथि ब्यबस्थापन 
समाजमा योगदान र कार्य क्षमताको हिसाबले कुनै व्यक्ति बढी सम्मानित हुन्छन  जसलाई प्रमुख गेस्ट र त्यसै अनुरुपका गेस्टहरुको बर्गिकरण गरि सञ्चालकले उद्घोष गरिरहेको हुन्छ I उद्घोषकलाइ ६५ भन्दा बढी संस्थाका उपस्थित प्रतिनिधिको आसनग्रण गराउन हम्मे हम्मे परिरहेको हुन्छ I कसैको नाम उच्चारण गर्न भुल भएमा त्यसको परिणाम पछी सामाजिक सन्जाल रंगिएपछी थाहा हुने गर्दछ I ६५ /७० प्रतिनिधिको नाम जो सधैजसो सबैसंग परिचित अनुहारको नाम वाचन गरिरहनु भनेको समयको महत्व नबुझ्नु हो भन्न सकिन्छ I अर्कोतर्फ आयोजकले अतिथिको बर्गिकरण प्रमुख ,बिशेस र अथिती गरि आफ्नो आफ्नो स्थानमा राख्ने प्रयास गरेको हुन्छ तर अतिथिहरूले यो कुराको पालना गरेको देख्न पाइदैन जस्तोकि मन्तब्य दिएर फर्कदा या फ्रेस भएर फर्कदा आफु बसिरहेको कुर्चीमा अरुलाई देख्नु त सामान्य कुरा हो I 

शुभकामना मन्तब्य
हरेक कार्यक्रमको प्रकृति अनुसार छानिएका बक्ताहरुले आफ्नो आधा भन्दा बढी समय उपस्थित अतिथिको नाम वाचन गर्दै बितेको हुन्छ I एकातिर मन्तब्य चलिरहेको हुन्छ भने अर्कोतिर उपस्थित अतिथि देखि अन्य  अधिकांस मानिसहरु आफ्नो आफ्नो किसिमको गफमा रमाई रहेको देख्न सकिन्छ I अझ रोचक लाग्दो कुरा चाही कतिपय अतिथिहरू आफ्नो मर्यादालाई बिर्सेर फोटो, भिडियो जस्ता कुरामा भुलिरहेका हुन्छन भने पत्रकारहरुले आफ्नो  धर्म निभाउन निक्कै अप्ठ्यारो भोगिरहेका हुन्छन I 

सुधारको लागि के के गर्न सकिने अवस्था छ त ?
पत्राचारको पुरानो परम्परालाई छोडेर उपलब्ध भएको सरल र सजिलो इमेल मार्फत सबैलाई एकैसाथ निम्तो पठाउन सकिन्छ जसले आयोजकको धेरै भार कम गर्न सक्छ । त्यसैगरी सम्पूर्ण संघ संस्थाका एकएक जना लिडर या सचिब सम्मिलित फेसबुक,  भाइबर या व्हाट्स एपमा गुरुप संचालन गरेर एकापसमा सूचनाको  आदानप्रदान गर्न सकिन्छ जुन सञ्चालनको लागि आचारसंहिता बनाइ नयाँ प्रयोग गर्ने हो भने यसले धेरै कुरामा हामीलाई सरलता र एकता तर्फ डोराउने कुरामा आशाबादी हुन् सकिन्छ I

त्यसैगरी कार्यक्रम स्रञ्चालकले सबै अतिथिको आसनग्रहण एक शब्दमा गराउने र अतिथिहरूले आयोजकले व्यबस्था गरे अनुसारको ठाउमा बसिदिने गर्नु पर्दछ I आयोजकले बक्ताहरुलाई मन्तब्य दिनको लागि पुर्बसुचना गरिदिने हो भने उनीहरुलाई बिषयबस्तुको बारेमा सोचविचार गर्ने प्रसस्त समय हुन्छ जसले मन्तब्यलाइ मार्मिक र सान्दर्भिक बनाउन मद्दत पुग्दछ I मन्तब्य दिनेले अतिथिको सम्बोधन गर्दा एक शब्दमा सबैलाई समेट्ने हो भने धेरै समयको बचत गर्न सकिन्छ I अन्तमा हामी सबै नेपाली रोजगारीको लागि अर्काको मुलुकमा बसेका छौँ त्यसो हुदा समयको महत्वलाइ हामीले बुझ्न सकेको खण्डमा त्यसले हामीलाई धेरै फाइदा पुग्ने छ I जो आज्ञा .....