3 Mangshir, 2074 | 19 November, 2017 Sunday
प्राथमिक उपचार दिवस
2017-09-10 | तीतोपाटी डट कम
दुर्घटना र आकस्म्कि अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाँउन सक्दैन् । दुर्घटनाहरु जहँ पनि, जहिले पनि अनि जसलाई पनि हुन सक्छन । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुलाई जोखिमवाट कम गर्न सकिन्छ, दुर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ । 
प्राथमिक उपचारको सीपको कुरा गर्दा धेरै जनाले बिधालय स्तरमै, कसैले पेशागत अनि कार्यगत रुपमा सिकेको हुन सकिन्छ । यदि तपाँईले अहिलेसम्म प्राथमिक उपचारको तालिम लिनु भएको छैन भनें यसै आलेखका साथ यस तालिममा सहभागी भई आफ्नो समुदाय र राष्ट्रप्रतीको दायित्वका रुपमा प्राथमिक उपचार तालिममा सहभागी हुन आव्हान पनि गर्दछौं । दुर्घटनाहरु अस्पतालको दैलोमा मात्र कहाँ हुन्छ र ? प्राथमिक उपचारले हामीलाई दुर्घटनामा परेको अन्जान व्यक्तिको मात्र नभई आफन्तजनहरुको पनि जीवन जोगाउन सक्षम बनाँउदछ । 
प्राथमिक उपचार जानेका मान्छेहरु को सख्यां समुदायमा बढ्नाले समुदाय अझ सुरक्षित र स्वस्थ हुन सक्दछ । 
अझ नेपाल जस्तो बिकासोन्मुख देशमा जहाँ स्वस्थ उपचारहरुको उपलब्धता समान, सरल छ सहजरुपमा छैन, प्राथमिक उपचारको महत्व अझै धेरै हुन्छ । दुर्घटना र आकस्मिक अवस्थाहरुको भर हुँदैन् तर प्राथमिक उपचारले केही भइहालेमा ज्यानै जाने जोखिम भनें न्यून गर्न सक्दछ ।
 हाम्रो कार्यस्थल, वाटोघाटो या समुदायमा कुनै दुर्घटना घटेमा हामी निरीह रमिते मात्र नभईकन, घाईतेहरुलाई पीडा कम गर्न र जोखिम कम गर्दै अस्पताल या अन्य कुनै प्राणरक्षा गर्ने ठाँउ पूर्याउन अघि प्राथमिक उपचार गर्न सक्दछौं । दुर्घटना र यूद्धका घाईते हरुको प्राण रक्षार्थ प्राथमिक उपचारको ठूलो महत्व छ । 
प्राथमिक उपचारको तालिमका माध्यमले हामीहरुले आधाभूत जीवन रक्षाका सीपहरु जस्तै सिपीआर, अचेत घाईतेको ध्यान राख्ने सीप, चोट र रक्तश्राव रोक्ने ज्ञान लगायत अन्य थूप्रै दुर्घटनाहरु जस्तै आगलागी, बिषपान, जनावर आक्रमण अनि सर्पदंशवाट घाईतेको ज्यान जोगाउने सीपहरु पनि सिक्दछौं । 
कारखाना, गाडी, कार्यालय, बिधालय, कलेज अनि पदयात्रा लगायत बिभिन्न ठाँउहरुमा प्राथमिक उपचारका किटहरु अझ भनौं बाकसहरु महत्वका साथ राखिन्छ । कुनै अप्रिय घटना या दुर्घटना घटेमा आवश्यक साम्रगीहरु यसैमा राखिन्छ ।
सामान्यतया मल्हम, पट्टी, ह्यान्डीप्लास्ट, आधारभूत ओखतीहरु, जीवनजल, सामान्य कैंची, ब्लेड अनि एन्टीसेप्टीक धुलोहरु यस बाकसमा राखिन्छ । आकस्मिक बिराम परिएमा या दुर्घटना भएमा यी कुराहरुले प्राणरक्षा गर्दछन् । 
यस बर्ष २०१७ को पनि सेप्टेम्बर ९ मा बिश्व समुदायले अन्य बर्षहरु झै बिभिन्न कार्यक्रम अनि जागरण गर्दै प्राथमिक उपचार दिवस मनाँउदछ । सन् २००० बाट अर्थात सहश्राब्दीबाट आईएफआरसीको पहलमा यस दिवस मनाउन शुरु गरिएको हो । 
नेपाल एउटा सुन्दर देश हो तथापि शदियौं देखि जनस्वास्थका मुद्धाहरुमा धेरै सुधार हुन नसकेको पनि तथ्य यस देशको सुन्दरता संगै गाँसिएर आउछ। हरेक गाँउपालिकामा स्वास्थ चौकी सैद्धान्तिक रुपमा त छ तर व्यबहारिक पक्षको मलिनो रुप र सिमाहरु हामीले देखेकै छौं । तालिमप्राप्त जनस्वास्थ सेवक अनि जागरुक जनस्वास्थ प्रशासकहरुको कदमहरुको कमि लगायत अन्य थुप्रै संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि स्वास्थउपचारको मुलधारमा छैनन । प्राथमिक स्वास्थ उपचारको सहज तालिम र प्रावधानले नेपाली गाँउमा सामान्य कारणले मूल्यवान जीवनको बाजी थाप्नु पर्ने थिएन । 
बिभिन्न अध्यायनहरुले नेपालमा सन् २०३० सम्ममा हृदयघात दर अहिलेको ९ प्रतिशतबाट करिब ३४ प्रतिशतमा पुग्ने तथ्याकं देखाएको छ । हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटाका सवारी दुर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको सख्याँमा बृद्धि भइरहेको छ । मान्छेको ज्यान जोगाउन तुरुन्तै स्थास्थ उपचार शुरु गर्नु जरुरी हुन्छ, प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमका लागि नेपाल उत्ति जागरुक छैन् । 
संक्षेपमा प्राथमिक उपचारका साध्यहरु भन्न चाह्यौं, यदि घाउ भएमा त्यसलाई सफा गरेर अनि साबुन पानीले सफा सँग धुने, एन्टीसेप्टीक धुलो या मल्हम लगाउने गर्न जरुरी छ । रक्तश्रावको समयमा रगत आएको शरीरको भागलाई उचाईमा राख्ने ताकि रगतको बहाव तल आउन गई रक्तश्राव रोकियोस् । औंलाको चापले रक्तश्रावलाई बन्द गर्ने या पट्टि लगाएर रक्तश्रावको बहाव कम गर्न पर्दछ । 
जनावरले टोकेमा र घाउ भएमा तुरुन्त सफापानी अनि साबुनपानीले धुने र अस्पताल लान जरुरी छ । बिभिन्न संक्रमणहरु जस्तै रेबिज लगायत अन्य संक्तमण बिरुद्धको खोप पनि स्वास्थकर्मीको सल्लाहमा लगाउन पर्दछ । अचेत मान्छेहरुको नारीमा छामेर पल्स पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा धेरै पल्स मधुरो भएमा या हराएमा सीपीआर अर्थात कृत्रिक श्वाँसप्रश्वासको प्रक्रियामा जानु पर्दछ । 
प्राथमिक उपचार दिवसमा प्राणरक्षार्थक उपचार सीपहरु सक्दो छलफल र बाँढ्ने प्रयास गरौं । सर्वत्र शान्ति र समृद्धीको कामना ।।

हाम्रो पात्रोका लागि सुयोग ढकाल