4 Mangshir, 2074 | 20 November, 2017 Monday
गजल - सरोज सर्वहारा
2017-09-08 | तीतोपाटी

गजल 
मिलेकाे छ उपनाम  'कायर' मलाई
 अँगाली हिडेकाे हूँ सत्कर्मलाई

सबै भेद जान्नुछ उनको मुटुको
कस‌ैले सिकाओ, छु-मन्तर मलाई

यहीँ एक कारण बुझेँ जिन्दगी यो
 जता पाउ त्यैँ लाग्छ ठक्कर मलाई

हृदयभित्र भेटिन्छ पसिनाकाे गन्ध
ए साथी! सुहाउन्न अत्तर मलाई

कहाँ यत्तिकैमा कलम राेक्छु मैले ?
छ बाँच्ने रहर युग युगान्तर मलाई

सराेज सर्वहारा
शुद्धाेधन गा पा रुपन्देही 
हाल द काेरिया