4 Mangshir, 2074 | 20 November, 2017 Monday


तिमीले त आज फेरि - रोजिना ढुंगाना (कुवेत)

तिमीले त आज फेरि अर्कै फेर्या छौ रे 
मिठा मिठा कुरा गर्ने अर्कै रोज्या छौ रे
कति दया नभएको कस्तो मुटु होला 
महिनै पिच्छे माया फेर्ने कस्तो छ्ट्टु होला 

लाला बाला समालेर बसेकी छु घर बुढी भै
दुख्छ मुटु चर्किएर बसेकी छु मजबुर भै
के गर्नु र धोके बाज कैले सम्म बहुलाउछौ
पाल्ने मै हूँ भन्दै  याहा आफ्नै राज्य चलाउछौ
महिनै पिच्छे माया फेर्दै मलाई कति जलाउछौ।

पाउने छैनौ माफी कहिल्यै मेरो मुटु जलाएर
पापको भाडो भरिदैछ जाने छैन सेलाएर
चालिस पुग्नै लाग्यौं होला कति आँखा डुलाउछौ
बुढो हुँदा एक्लो हौला कस्मा हैकम चलाउछौ ?

पैसा , गाडी, पिरती यो दुई दिनको  खेल हो
स्वर्ग लाई नरक बनाई अन्तममा पाउने जेल हो ।

रोजिना ढुंगाना 
कुवेत