3 Mangshir, 2074 | 19 November, 2017 Sunday
तीतोपाटी - नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले सेप्टेम्बर १५ मा आयोजना गर्ने भनिएको सामुहिक बिश्वकर्मा पुजाको कार्यक्रम जलिब अब्बासिया स्थित हाइ डाइन रेष्टुरेन्टको सभाकक्षमा भव्य रूपमा गर्ने भएको छ ।  

“बिश्वकर्माहरुको एकता, आजको आवश्यकता” मुल नारा राखि २०१६ को अन्त्य तिर कुवेतमा गठन भएको नमूना बिश्वकर्मा समाज नेपाल–कुवेतले कुवेतको नेपाली समाजमा कृयाशिल संघ सँस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा बस्नुहुने सम्पुर्ण नेपालीहरू बिचमा उक्त कार्यक्रम गर्ने जनाएको छ ।

यस अघि आगामी सेप्टेम्बर १५ तारिक शुक्दिरबारका दिन जन-चेतनामुलक लघु नाटक तथा विविध सांगितक प्रस्तुतिका साथ बिश्वकर्मा देवताको विशेष पुजा गर्न लागेको कुरा जनाएको उक्त सँस्थाले बिश्वकर्माको पुजाआजामा धेरै समय लाग्ने भएकोले समयाभावका कारण उक्त दिन लघु नाटक भने प्रस्तुत नगरी निकट भविष्यमा अन्य कार्यक्रमका अबसरमा प्रस्तुत गरिने सँस्थाका अध्यक्ष कुल बहादुर बिश्वकर्माले तीतोपाटी डट कम सँग को कुराकानीमा बताए ।

 कुवेतको नेपाली समाजमा पहिलो पटक सामुहिक रूपमा बिश्वकर्मा पुजा आयोजना गर्न लागेको नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले कुवेतमा कृयाशिल सम्पुर्ण संघ सँस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा बस्नुहुने सम्पुर्ण नेपालीहरूलार्इ उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दै उक्त दिन अन्य संघ सँस्थाहरूलार्इ कुनै पनि कार्यक्रम नजुधाइ दिनुहुन पनि अनुरोध गरेको छ ।

बिश्वकर्मा पुजाको कार्यक्रम यस प्रकार हुने भएको छः
स्थानः हाइ डाइन इन्डियन रेष्टुरेन्टको सभाकक्ष, जलिब अब्बासिया, ब्लक-४,स्ट्रीट-६, युनाइटेड इन्डियन स्कुलको पछाडि पट्टि ।
मितिः १५ सेप्टेम्बर २०१७ शुक्रबार ।
समयः बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म ।

कार्यक्रम सम्बन्धि सल्लाह, सुझाब तथा जानकारीका लागि सँस्थाका अध्यक्ष, कार्यक्रम संयोजक लगायतका व्यक्तित्वहरू सँग सम्पर्क गर्न सकिने पनि नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले जनाएको छ ।
सम्पर्कका लागिः
अध्यक्ष – 65950358
कार्यक्रम संयोजक – 51984715
महासचिव – 66043388
सचिव - 60489899

पुनश्चः कुवेतमा कार्यरत सम्पुर्ण नेपाली यातायात मजदुर (गाडी धनी तथा ड्राइभर) हरूलार्इ उक्त दिनको बिश्वकर्मा पुजामा सहभागी भर्इ फुल प्रसाद ग्रहण गर्न पनि नमूना बिश्वकर्मा समाज नेपाल–कुवेतले आग्रह गरेको छ ।