3 Mangshir, 2074 | 19 November, 2017 Sunday
तीतोपाटी डट कम - दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतको संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा यस कुमार, मुनाथापा मगर र प्रेम कुमार गैरेले धमाका मच्चाउने भएका छन् । आगामी नोभेम्बर १० तारिख शुक्रबार नायक तथा चर्चित गायक यस कुमार, लोक गायिका मुना थापा मगर र लोक गायक प्रेम कुमार गैरेले कुवेतमा सांगितिक धमाका मच्चाउने छन् । कार्यक्रम जिलिपको नटिङघम ब्रिटिस स्कुलमा हुनेछ |

सन्देश मुलक सांस्कृतिक कार्यक्रम सफल बनाउन समितिले जोडतोडका साथ काम सुरु गरिसकेको समितिका संयोजक बिष्णु परियारले जानकारी दिए | कार्यक्रममा स्थानीय पुलिस प्रशासन सँग समन्वय गरी स्कुलले सुरक्षाको पूर्ण व्यवस्था मिलाइदिएको छ जसको लागि ३ जना सुरक्षागार्डको व्यवस्था गरिदिएको छ । कार्यक्रम हल वा वरपर मध्यपान, धुम्रपान गर्न पाइने छैन भने मध्यपान सेवन गर्नेलाई हलभित्र प्रबेशमा समेत रोक लगाउने भएको छ ।

गत बर्ष पनि नेपालबाट अतिथि कलाकार ल्याएर सांस्कृतिक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सब मनाउने तयारी गर्दागर्दै बिबिध कारणले स्थगित गर्नुपरेकोले सोही कार्यलार्इ निरन्तरता दिन लागिएको संजाल संरक्षक तथा विश्वकर्मा समाजका अध्यक्ष शिव बिश्वकर्माले बताए । सांगीतिक कार्यक्रममा अतिथि कलाकार सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

उक्त दिन कुवेतमा क्रियाशील संघसंस्थाले कार्यक्रम नजुधाई सन्देश मुलक सांस्कृतिक कार्यक्रम सफल पार्न सहयोग गरिदिनु साथै कुवेतमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवी, खेलाडी, कलाकार, कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भै भरपुर मनोरञ्जन लिन दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले अनुरोध गरेका छन् ।

कार्यक्रमको विवरण यस प्रकार रहेको छः
मिति:- नोभेम्बर १० तारिख शुक्रबार
स्थान:-  नटिङ्घम ब्रिटिस स्कुल, जिलिप (जिलिपको गल्फ मार्केट अगाडी, ब्रिज नजिकैको स्कुल अर्थात् जिलिप अल सुयोख ब्लक १, स्ट्रेट १००, ६ रिंगरोड जिलिप पार्कको सामुन्ने)
समय:- दिनको ठिक १ बजे ।
सम्पर्क- कार्यक्रम संयोजक- बिष्णु परियार- 65831087
रमेश नेपाली 69914315, गम बहादुर सुनार 55302990, प्रदिप नेपाली 66325345, जीवन सुनार 55142312, माया बिक 98051733 र पुर्ण सिंह सिके 55985495