12 Baishak, 2075 | 25 April, 2018 Wednesday
आदरणीय नेपाली काङ्ग्रेस का सम्पुर्ण नेता ,कृयाशिल सदस्य र कार्यक्रता ज्यु हरु ।
भरतपुर १९ चितबन ।
आदरणीय यहाँ हरु सम्पुर्ण काङ्ग्रेस जन हरु मा गोर्खा जिल्ला मा जन्मी हुर्केर चोट को बिचबाट पलायको यक भरतपुर १० को कृयाशिल सदस्य को तर्फबाट जय नेपाल टक्र्याउछु ।

आज यो अनुरोध पत्र हजुर हरु लाई मेरो आफ्नो परिचय बाट शुरु गर्दैछु।म स्ब भैरब राज बिस्ट ( गोर्खा काङ्ग्रेस का नेता) को पुत्र हुँ ।मेरो बुबा गोर्खाको राजनीतिक ब्यक्तित्व हुनु हुन्थ्यो । बुबा निष्ठाको राजनीति गर्ने, कसैलाई केही परे सहयोग गरि हाल्ने, बढी आत्मबिस्बासी पन नै हामीलाई दुर्भाग्य हुन पुग्यो ।जुन माओवादीलाई मन पर्ने कुरा भयन यक क्षत्र को यक हस्तीको हत्या गरि काङ्ग्रेस कमजोर बनाउने योजना मुताबिक २०५८-०९-२२ गते का दिन आतंककारी माओवाद बाट घरमा सुतिरहेको अबस्थामा घर भन्दा करिब १०० मिटर को दुरी सडकमा लगि अत्यन्तै पाशबिक तरिका बाट हत्या गरे ।सो हत्या पछि बुबा को अन्तिम कर्म पनि त्यहा गर्न सक्ने स्थिती बनेन र अन्तिम कर्महरु काठमाडौमा गरियो ।

बिपरित राजनितिक आस्थाका आधरमा हत्या हुनु कस्तो युद्ध थियो ?लडाइँ युद्ध भनेको लड्ने कुरा मात्र होइन लडे पनि आमने सामने भयका यक अर्काको शैनिक लाई धाबा बोलेर आक्रमण गरिनु लडाइँ को बहादुरी होला तर अपहरण गरेर निहत्था ब्यक्ती मारिनु कस्तो युद्ध थियो? मेरो बाबा जस्ता हजारौं बाबा आमा मारिए ,कयौं म जस्तै अभिभाबक बिहिन बने ,कयौ आमा को सिन्दुर पुछिए , यी सबैको एक कारण थियो । त्यो भनेको काङ्ग्रेस हुनु ,काङ्ग्रेस छोड्न नमान्नु ।आज यसरी नै माओवादीले जे भने मानेको भय काङ्ग्रेसको रुख र चारतारा छोड्न राजी भयको भय सायद मारिनु पर्ने थिएन ? जुन ठाउँ काङ्ग्रेसको गढ थियो सोही स्थानमा बसाइँ भयो ।आज आएर भरतपुरमा तालमेल भयो ।अन्य जिल्लामा नतिजा घोषणा भयो । बुटवलमा हारेका काङ्ग्रेस उम्मेद्बार ले जितेका लाई शुभकामना दिएका समाचार हेर्न पाईयो तर भरतपुरको यस्तो स्थिति बनेन । आम काङ्ग्रेसको ईच्छा बिपरितको तालमेलले काम नगर्दा माओवादीको प्रतिनिधिलाई मतपत्र च्यात्न लगाईयो । माओवादीले मतपत्र च्यात्दा पनि काङ्ग्रेसले झुट बोल्यो झुटको राजनीति गर्यो । के तालमेल हुदैमा सत्य कुरो बोल्न डराउन पर्छ ? के माओवादी सँग निष्ठा र बिचार पनि साटियक थियो र ? तेस्तो भय भनी दिन पर्यो काङ्ग्रेसमा बिना गुटका कार्यक्रता को आबस्यकता पर्दैन । यस्ता घृणित कामले म जस्तै कार्यक्रतालाई लज्जास्पद भएको छ ।

हिजो हाम्रा बाबा आमाको रगतले होली खेलेकालाई उर्दि गरेर मत दिन आग्रह गरिदा एक त त्यसै हिनताबोध भएको बेला बहुदलीय ब्यबस्था ,लोकतन्त्रको हिमायती भन्ने अनि मतपत्र च्यातेकाको पिछ्लग्गु हुनेलाई कस्तो लोकतान्त्रिक शक्ति मान्ने ? काङ्ग्रेस पिछ्लग्गुले बचाउन सक्दैनन् यो बचाउने हामी जस्तै बिना गुटका कार्यक्रता ले हो । गुटका राजनीति गर्नेलाई त फाइदा नै होला किन कि जति गुट भए त्यती फाइदा होला तर बिना स्बार्थमा लागेका, काङ्ग्रेसमा लागेर धेरै गुमाएकालाई काङ्ग्रेसको माया धेरै लाग्दो रैछ । किन कि यस्मा हाम्रा अभिभावकको रगत पसिना परेको छ मतपत्र च्यात्दा कानुन पल्टाउनेले अदालतले जन्म कैद तोकेका ढुङेलले सर्बोच्चको आदेशलाई पालना गराउदा किन कानुन को दफा हरु पल्टिदैन ? आफ्नो पक्षमा आउँदा पालना गरे हुने नत्र नगर्दा हुने । माओवादीको यस्तो शैलीलाई हामीले समर्थन गर्न सकिन्छ र । कानुन मान्ने हो भने युद्धमा सामेल नभयका निहत्त्था ब्यक्तीको हत्या हुदा किन कानुन हेरिदैन । कि नेपालको कानुनले काङ्ग्रेसको नेतालाई रोजि मारेर काङ्ग्रेस कमजोर बनाउदा कानुन लाग्दैन भनेर लेखिएको थियो र ?

आदरणीय सम्पुर्ण काङ्ग्रेस जन यो मलाई मात्र परेको पीडा होइन हरेक जिल्लामा म जस्तै धेरै पिडित छ्न । यो पीडा काङ्ग्रेसको पिडा हुन पर्थ्यो तर स्बार्थको राजनीति गर्ने हरुलाई यस्को मतलब हुने कुरा भएन । किनकी जो मारिए ती काङ्ग्रेसको बिचार त्याग्न नसक्दा मारिएका हुन् त्यो त पाटिले भुल्यो नै तर आम कार्यक्रत ले भुल्नु हुने छैन भन्ने बिश्वास लियको छु । पीडित जनको खुशीको लागि पनि हजुरहरुले मतपत्र च्यात्नेलाई मत नदिन आग्रह गर्दछु । आफु बिजय नहुन जेल मत पत्र च्यात्ने ,अदालतले च्यात्ने कै पक्षमा फैसला गरिदिने हुदा आम जनता हामीले के बुझ्ने । के हाम्रो देशको न्याय हरायको हो ? राजनीतिको आडमा अपराध मौलायको छ । आज माओवादी मत पत्र माओवादीले होइन भन्ने ले भोलि माओवादी बाट मारिएका ब्यक्तीहरुलाई माओवादीले हत्या गरेका होइनन् भन्न नसक्लान भन्न सकिन्न । किनकी राजनीतिमा नैतिकता र ईमान्दारिता कमि छ । जसरी नि जित्नै पर्ने ले चुनाब मा भाग किन लिने ? जसरी नि पास हुनै पर्नेलाई परिक्षा को जरुरत पनि किन पर्यो र ? काङ्ग्रेस जन हिजो माओवादीबाट मारिएका काटिएका घाइते बनाईएका घटना र म जस्तै हजारौ पिडित जनलाई सम्झिएर ती आतंककारी माओवादीलाई मत नदिन यो अनुरोध गर्दछु ।

अचानो को पीडा खुकुरीलाई थाह नभए जस्तो व्यवहार नेतृत्वले गर्नु त्यो एकदम दुःखद स्थिती बन्यो हजुरहरुले यस्ता पीडालाई आफ्नै पीडा सम्झेर आफ्नो बिबेक प्रयोग गरेर म जस्ता थुप्रै कार्यक्रताहरुलाई काङ्ग्रेस पाटीमा रहन सक्ने स्थिती बनाउन सहयोग गरिदिनु हुन बिन्रम अनुरोध गर्दछु।
जय नेपाल ।

बिजय राज बिष्ट भरतपुर चितबन