9 Magh, 2074 | 23 January, 2018 Tuesday
श्रावण महिना र हरितालिका तिज
2017-07-31 | तीतोपाटी डट कम
शान्ति रार्इ - साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ ।  खास गरेर यो चाड एक दिने चाड भए पनि बडो हर्षका साथ मनाउने गरिन्छ । परम्पराको रुपमा एक हिसाबले यो साउने संक्राक्तिको दिनबाट बर्षायमको अन्तय भएर हिउँदे महिनाको प्रारम्भ हुन्छ । यस महिनामा बिभिन्न रोगहरूबाट मुक्त होस भनेर बिभिन्न फलफूलका साथमा लुतो मन्साउने काम गरिन्छ । 

यहि साउनको महिनालाई हिन्दुधर्मलम्बि महिला दिदीबहिनीहरुले बिषेस पर्बको रुपमा पनि मनाउने गर्छन । यस महिनामा महिला दिदीबहिनीहरुले आफ्नो पतिको र्दीघायु र सुस्वथाको लागी ब्रत बस्ने हातमा मेंहेंन्दी लगाउने र यस श्रवणन महिनै भरी हातमा हरीयो चुरा लगाएर आफ्नो पतिको सुरक्षा हुन्छ भन्ने किम्दन्तिको आधारमा महिनै भरी महिला दिदीबहिनीहरुले एकदमै हौसलाका साथै मनाउदछन । एकआपसमा एक प्रकारको एककिसिम झट् हेर्दा पनि प्रतिस्पर्धाको रुपमा आ—आफ्नै गक्ष अनुसारको पहिरनहरुले सजिएका हुन्छन, बिषेस गरेर हिन्दु नारी चेलिबेटीमा नै देखिन्छ ।  यसको साथैमा हात खुट्टामा मेंहेंन्दिले रङ्गीचङ्गी बनाउछन । हुन त मलाई यो सबै कुराहरुको तात्पर्य त मलाई त्यति थाहा छैन, हाम्रो देश हिन्दु राष्ट्र भएको र सदियौं देखी मानी आएको परम्परा हुनाले अझै पनि हाम्रा महिला दिदी बहिनीहरुले अझै पनि बिशेष धुमधाम साथ रमाउदै मनाई राख्नु भएको छ ,आज एक्कासौं सताब्दीमा आइपुग्दा पनि ।

यस महिना पनि यस्तै रमाईलाका साथै श्रावणको महिना सकिनु बित्तिकै संस्कृति र परम्परालाई कायम राखी संन्सारभरि यसको पहिचान गराउदै मान्दै आएको हरतिालिका तिज पर्वको आगामन हुन्छ । प्रत्येक बर्ष भाद्र शुक्ल तृतीयाको दिन मन पर्ने यो दिन संसारभरीका महिला दिदीबहीनीहरुमा हरितालिका तिज घरैमा आईपुगेको छ , जस्लाई हामी हाम्रो देश नेपालमा राष्ट्रिय चाडको रुपमा पनि मनाउदै आई रहेका छौं । यो चाड बिशेष गरेर पराई घरमा गएका चेलिबेटीहरुलाई हुन्छ । 

आजभोलिका समाज, संन्जालहरुमा र आफ्नो फेसबुकको वलभरी रङ्गबिरङ्गका हातहरुमा सजिएका चित्रहरु र हरिया हरिया चुराहरुले हाम्रा समाज र आजको प्रबिृधिहरुको मुहारहरु मेरो आँखामा नै हरियो  आँउदा मलाई पनि यस बिषयहरुमा केही कुरा राख्न मन लाग्यो ।
आज हामी एकातिर महिला र पुरुषको समानताका लागि दिनहु जस्तो साना ठुला क्रायक्रमहरु गर्ने स—साना स्टेजहरुमा भाषण गर्ने जस्ता कार्यहरु दिनहु जस्तो हुदै आइरहेको तपाई हामी सबैलाई सर्बभिबितितै छ । 

हामी महिलाहरुले भन्ने गर्दछौ व्यबहारमा भने हामी गर्ने गर्दैनौं, भन्ने गर्दछौ हौसलाका साथै कम्मर कसेर, तर समाजमा हामीले त्यो आफ्नो जिम्मेवर निभाउदैनौं ।

उल्टै बिसंङ्गतीहरुलाई  एक्दमै खुलेरै समर्थन गर्छौ । अर्काेतिर हामी महिलाहरु आफै महिला भएकै काराणले गर्दा नै महिलाहरुलाई केवल कम्जोर बनाउनकै लागि बनाइएका परम्पराहरुलाई बिस्तारै संस्कृतिलाई हटाउदै लानुको सट्टमा हामीहरुले नै त्यसलाई झनै उत्साहा र उर्जाका साथै आधुनिकताको नाममा बिकृतिहरु फैलाउदै आईरहेका छौं । 

जुन यो हाम्रा परंम्परा नभएर चाहि यो एउटा ब्यापारीहरुले आफ्नो ब्यापार ब्याबसाहरुमा धरायशी हुंदै गएपछि , उनिहरुले आफ्नो व्यापारलाई फैलाउनको लागी बिभिन्न महिना वा चाडपर्वको बहाना बनाएर कुनै पनि सेलिब्रेटीलाई प्रयोग गरेर निश्चित महिना वा चाडपर्वहरुमा निश्चित रङ्गको सामानहरु प्रयोग गर्नुपर्ने भनेर एककिसीमको भ्रमहरु फैलाईदिएर नारीहरुको भावानालाई प्रयोग गरेर आफ्नो व्यापारलाई फैलाईएको र फैलाउदै आईरहेका एउटा मुख्य बिकृतिहरु त तपाई हाम्रै सामुन्ने झल्किरहेको छ । राम्रोसँग देखि रहेका पनि छौं ।  यसरी नै महिलाहरुलाई प्रभाव पर्ने गरी  भगवानको कथासँगै  जोडीदिने कामहरु पनि कुनै वैज्ञनिक होईन , केवल धर्म संस्कृतिको माध्यमहरुबाट हामी महिलाहरुलाई आधिकांश कार्यहरुमा समय खर्चन लगाई पुरुषहरु अगाडि बढ्ने एउटा मुख्य माध्यम मात्रै हो जस्तो लाग्दछ । त्यसै गरेर हरितालिका तिज त झण्डै बिकसित हुदै गईरहेको छ, गयर हिन्दु नारीहरुले पनि सम्पुर्ण पहिरन नै यो दिनमा प्रायः गरी एउटै रङ्गको प्रयोग गर्ने प्रचलन रहँदै आएको छ र झन भड्किलो पारामा गाउ शहर बजारहरुमा बिशेष गरेर मनाईएको देखिन्छ ।

यो ढोंगी बिकृति बिकट पहाडपाखामा बसोबास गर्ने महिलाहरुले भन्दा पढेलेखेका बिकासले छोएका शहरबजारमा बस्ने महिलाहरुले नै भित्राएका छन् । यो बर्तमान गणतन्त्रिक युगमा धेरै मौलाएको देखिन्छ । नहोस पनि किन र .? जत्तिसुकै अध्यान गरेका महिला भए पनि चाहे डक्टर वा चाहे पाईलट ईन्जिनियर टिचर, वकिल नै किन नहुन् .! पढ्न लेख्नु भन्दा पनि सुन्दर बन्नु , पुतली बन्नु पुरुषहरुकै आकर्षणका बिन्दु बन्नु पर्दछ भनेर अझै अंङ्गाली रहेका छौ । 

पुरुषहरुले हामीलाई विभेद गरे अन्या गरे भनेर भाषण गर्ने र चर्को कुराहरु गर्नेका संख्याहरु कम्ति छैनन हाम्रा महिला दिदीबहिनीहरु ।

तर यसलाई समाजमा देखी न्याय निसाफ गर्ने निकायहरुमा पुर्याउन फैल्याउन नसक्नु हामी महिलाहरुकै कमि कम्जोरीले गर्दा नै अझै पनि छाउ घरमा बस्नु जानै पर्ने (छाउगोठमा) मृत्युसँग सम्झौता गर्नु नै पर्ने, सार्बजानिक कुवा, धारा, मोठ, मन्दिरहरुमा रोकिनु पर्ने, अर्को कुरा झन दलित भएकै कारण बोक्सीको आरोपमा मान्छेले मान्छेकै मलमुत्र खानु पर्ने र निर्घात तरिकाले बेकसुरमा अरुको कुटाई खानु नै पर्ने, ४÷५ बच्चाको आमा वा नाबालिका भनिदैन यौनको इच्छा पुरा गर्नैको लागी, पुरुषलाई आफ्नो यौन इच्छा पुरा गर्नलाई जातै नचाहिने, ११ बर्षको बालिकालाई आमा बनाइने तर तल्लो जाती भनेर चाहि जर्बजस्ति सडकमा फालिने,.! रातदिनै हजारौं नारीहरुको इज्जत लुटिने, चरित्र हत्या गरिने र दिनका दिन अनगिन्ती किशोरीलाई जबर्जस्ती यौन धन्दामा लगाइएको छ ।

आजभोलि यस्ता परम्परा र संस्किृतिलाई जरैबाट रित्याउनु पर्नेमा झन धर्म र संस्किृतिले हामी महिला भएकै कारण बाध्यकारी बनाईएका गलत परंम्परा र संस्किृतिलाई यो वा त्यो प्रकारको आ—आफ्नै प्रकारले ब्याख्या गर्दै अन्धभक्त भएर अनुसरण  गरिरहेका छौ ।
के यस्तो पनि  हामी महिलाहरुकै सौभाग्य नै हो त ? हे नारी...! तिमीहरुको देउता कस्तो देउता हो..? जो यस्ता प्रकिृतीहरुलाई नै असुईकार गर्ने कस्ता देउता हो .? हो आफ्नो इच्छाले १÷२ छाक छोडेर भोकै बस्नु कुनै नराम्रो होईन आफ्नो पतिकै लागी भनेर ब्रत बस्नु पनि त नराम्रो होईन तर यो सबै यो वा त्यो भन्नेमा एउटा पाटो मात्रै हो । यस्ता बिकृतिहरुलाई हामी महिलाहरुले अंगाली रहँदा हामीहरु पुरुष भन्दा पछाडि धकेलिरहेका छौं । 

यस्तै बर्षमा एक महिना स्वस्थानी पढनुको सट्टामा हामीले महिला अधिकार महिला मुक्तिका कुराहरु पढन सकियो  भने हामीलाई फाईदा पुग्दछ । स्वस्थानीले कुनै ज्ञानगुनका कुरा नभएर कुनै समयमा महिलाहरुलाई दबाउनको लागी धर्मको माध्यमबाट गरिएको एक किसिमको महिला बिभेदका सिवाय त्यसबाट अझै यसको अध्ययनले झन् महिला हिंसा र बलात्कारका घट्नाहरु बढ्ने गरेका छन् । यता हामी महिलाहरु महिला विभेद अन्त्य हुनु पर्छ भनेर कुर्लिरहदा भन्ने गर्दछौ कि महिलालाई महिला भएकै कारण अन्य गर्नु पाइँदैन भनेर भन्दछौ तर यस्ता बिकिृतिहरुलाई अझै किन अंङ्गाली रहेका छौ ।

यस्ता गलत परंम्पराले गर्दा पुरुषहरुलाई फाईदा पुग्नेछ , पूँजीपतिलाई पूँजी थुपार्ने माध्यम त पक्कै बन्ने नै छ । यस्ता अवस्थाहरुमा हामी मुक्ति हुन सकिदैन । यसैकारणले गलत धारणालाई हामी महिलाले नै मिलेर महिला र पुरुषमा रहेका प्रकिृतिक असमानता बाहेक सबै असमानता पुरुष प्रधान समाजको उपज हुन, यस्ता असमानतहरुलाई जब सम्म अन्त्य गर्नु हामी महिलाहरु नै अग्रसर हुदैनौं तब सम्म यस्ता बनावटी परंम्पराहरुले हामीलाई बाँधिरहने छ । यसको अन्तय गर्नुपर्ने आजको आवश्यकतामा हामी महिलाहरु नै अग्रसर हुनु आवश्यक छ ।

यो पंतिकारले महिलाहरु धर्म सस्कृतिकै कारणले पछाडी परिरहेका छन् भन्नु खोजेको होईन । कैंयौ छोरीहरुले अझै पनि छोरी भएकै कारणले पराई घरमा जाने आफ्नो जातलाई लगानी गर्ने.. गलत धाराणाका कारण शिक्षा जस्तो नैसर्गिक अधिकारबाट बन्चित गर्ने... अझै भएन बालिका भन्ने बित्तीकै यस धर्तिमा आउन नपाउदै भ्रुण मै निमोठिने र अझै पनि हजारौ महिलाहरु पुरुषबाट दिनहुँ विभेदको शिकार हुनु परिरहेको छ ।

चाहे त्यो दाईजोको निहुँमा या त छोरी जन्माएको निहुँमा होस, हरेकदिन महिलाहरु जिउदै जलिरहने र मृत्युको शिकार बन्ने परम्परा  झन् मौलाउदै गएर अझैसम्म पनि रोकिएको छैन भने हामीले यो बनावटी संस्कारहरुलाई किन रोपिरहेका छौं ? यस्ता महिलाहरुलाई क्रेन्द्रित गरिएका ब्याख्याहरुलाई गलत अनुसरण गर्नु आवश्यक छैन भनेर महिलाले बुझ्ने दिन कहिले आँउछ ।?।
मेंहेंन्दि हातभरी चटक्क छ रे
औंठामा राम्रा चुरा....।।
सप्पै दङ्ग पुरे उमङ्गले खुशी भए...
के गरौ कस्को कुरा....।।
साडीमा सजिएर चिटिकै भएछन्...
कसैले चोर्ने गरी मनै...।।
सानो चोलीले टिमिक्क....
कसिएको त्यस्तै सुहायो झनै ..सुहायो झनै...।।
आउदै गरेको हरितालिका तिजको शुभकामाना छ ।
तपाईहरु संम्पुर्णलाई ।।
।। शान्ति राई ।।